३५ वर्षीय मिर्गौला पीडितद्वारा सहयोगको अपिल

भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङगाउँपालिका-८ पल्ट्याङ निवासी दुबै मिर्गौला खराबी भएका ३५ वर्षीय खिमबहादुर नेपालीले आफुलाई बचाइदिन सबैपक्षसंग अपिल गरेका छन् । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका नेपालीको मृर्गौला ट्रान्सप्लान्ट गर्न रकम अभाव भएपछि सहयोगको लागि अपिल गरेका हुन् ।

हालसम्म आफन्त, इष्टमित्र र साथीहरुले गरेको आर्थिक सहयोगले डायलासिस गर्दै आएपनि अबका दिनमा डायलासिस गर्न समेत नसकिने अवस्था रहेको निजकी श्रीमती चन्द्र माया नेपालीले बताइन् । ‘जग्गा जमिन बिक्री गरेर श्रीमान्को उपचार गरौं भनेपनि बिक्री गर्ने जायजेथा केही छैन्’, उनले भनिन्, ‘श्रीमान्कै कमाईले दुइ छोरा, दुइ छोरी सहितको ६ जनाको परिवार पालिदै आएकोमा अहिले आएर परिवार नै बिचल्लीमा परेका छौ ।’

पोखरा स्थित गण्डकी अस्पतालमा आइतबार र बुधबार हप्तामा दुइ पटक डायलासिस गर्नुपर्ने भएपनि पैसाको अभावले जेनतेन एक पटक डायलासिस गर्नुपरेको उनले बताइन् । उनले भनिन्, ‘डायलासिस गर्दैमा ७ लाख रुपैयाँ बढी खर्च भैसक्यो, उपचारमा संलग्न चिकित्सकले ट्रान्सप्लान गर्ने भए छिटो रकम जम्मा गर्नुस् भन्नुहुन्छ त्यति ठुलो रकम कहाँबाट जुटाएर उपचार गरौं । भगवान रुपी सहयोगी हातहरुले मेरो श्रीमान्को जीवन बचाइदिनु हुन हार्दिक अपिल गर्दछु ।’

रोजगारीको सिलसिलामा मलेसिया गएको नेपाली मिर्गौलामा समस्या देखिएपछि गएको एघार महिनाको अवधिमा घर फर्किएका हुन्। श्रीमतीले मिर्गौला दिन मिल्ने भएपछि ट्रान्सप्लान्ट गर्ने योजना बनाएपनि त्यति ठुलो आर्थिक स्रोत जुटाउन नसक्दा नेपाली परिवारको बिचल्ली भएको छ । उनको जीवन रक्षाको लागि चन्द्रमाया नेपालीको नाउँमा नेपाल बैक लिमिटेड तनहुँ दमौली स्थित च.हि.नं ०८००११०६९५४८६१०००००१ को खाता सञ्चालनमा ल्याइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker