अध्यादेशको विरोधमा राष्ट्रिय युवा संघको आन्दोलन

भञ्ज्याङ न्यूज

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तनहुँले सरकारले जारी गरेको अध्यादेशको बिरोधमा बुधबार देशव्यापी रुपमा आन्दोलन गरेको छ ।

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने जनघाती निर्णय तथा सरकारी दमनको बिरुद्द युवा संघले आयोजना गरेको देशव्यापी आन्दोलनमा तनहुँले पनि ऐक्यबद्धता जनाएको हो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी तनहुँका सदस्य हरिराज कँडेलले अहिलेको सरकार प्रतिशोध ढंगबाट आफुलाई उभ्याएको बताउनुभएको छ । अग्रगमन काम गर्ने नाउँमा प्रतिगामी र प्रतिगमनको कार्य गरेको जनता समक्ष छताछुल्ल भएको उहाँले बताउनुभयो ।

सरकार भष्टाचार मुद्दाका अदालतमा पुग्न नपाउँदै छुटकारा दिने र कोभिडको महामारीमा नेपाली जनतालाई सहज रुपमा खोप उपलव्ध गराउनुको अलबा दलबदल अध्यादेश ल्याएर लोकतान्त्रिक गणतन्त्रलाई छेदबिच्छेद बनाउने कार्यमा लागेको आरोप लगाउनुभयो । कार्यक्रममा राष्ट्रिय युवा संघ जिल्ला संयोजक उज्वल खनालले जनादेशबाट नभई परमादेशबाट तोकेर बनाइएको असंबैधानिक कदम प्रति युवा संघले सशक्त आन्दोलन गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ जिल्ला सहसंयोजक सुरेन्द्र अधिकारी, विद्यार्थी नेता नविन वाग्ले लगायतका वक्ताहरुले जनताको पक्षमा काम गर्ने सरकार नभएकोले देश, जनता र संविधानको रक्षाको लागि सशक्त रुपमा आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए । पार्टी कार्यालयबाट सरकार बिरुद्ध चर्का नारा लगाउँदै निस्किएको उक्त र्‍याली दमौलीको अनसन चौतारीमा पुगेर कोण सभामा परिणत भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker