वडाकार्यालयको सक्रियतामा फिरफिरेका युवाहरुलाई वित्तीय साक्षरता तालिम

भञ्ज्याङ न्यूज

तनहुँ शुक्लागण्डकी-१२ नं. वडा कार्यालयले युवाहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम दिएको छ । आम्दानी गरेको पैसाको बचत, खर्च व्यवस्थापन र लगानी परिचालन कसरी गर्ने भन्ने उद्देश्यले तालिमको सञ्चालन गरेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

पोखरा रोयल सहकारी संस्थाका सिइओ भिम गुरुङले प्रशिक्षण दिएका थिए । उनले कसरी आयआर्जन गर्ने, पैसा कसरी व्यवस्थापन गर्ने, पैसाले पैसा कसरी तान्ने, कस्तो ठाउँमा लगानी गर्ने, लगानीको प्रतिफल कसरी उठाउँने, व्यवसाय कसरी सञ्चालन गर्ने लगायतका विविध विषयमा प्रशिक्षण गराएका थिए ।

उनले आम्दानीको ५० प्रतिशत खानपिउन, ३० प्रतिशत ऋण तथा भाडा तिर्न, १० प्रतिशत भविष्यका लागि बचत गर्न, ५ प्रतिशत आफ्नो क्षमता विकास गर्न र ५ प्रतिशत भईपरी आउन सक्ने घट्ना दुर्घटनाका लागि छुट्याउनु पर्ने बताएका थिए ।

कार्यक्रमको बोल्दै वडाध्यक्ष मनराज गुरुङले पैसाले पैसा तान्ने भएता पनि पैसाको सहि व्यवस्थापन गर्न नसक्दा व्यक्तिहरु आयश्रोत भएर पनि आर्थिक समस्यामा पर्ने गरेको तथ्य सुनाएका थिइ । उनले आवश्यकता अनुसार खर्च गरी बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका थिए । उनले भन, “पैसा प्रधान होइन, र हो पनि । त्यहि भएर पैसाको व्यवस्थापन मुख्य कुरा हो । यो तालिमले पक्कै पैसाको व्यवस्थापन र परिचालन कसरी गर्ने भनेर जानकारी पाउनु भएको छ, प्राप्त ज्ञानको उपयोग गर्नु होला, यस्ता तालिमलाई निरन्तरता दिनेछौँ ।’

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले आम्दानी भन्दा बढी खर्च गर्ने प्रवृत्तिले पछि पर्न गएको बताए । उनले युवा अवस्थामा जोस जाँगर पनि धेरै नै हुने हुँदा आयआर्जन हुने पेसा व्यवसाय संञ्चालन गर्न पनि अग्रसर बन्न जोड दिए ।

‘तपाईहरु सबै युवाहरु नै हुनुहुन्छ, यस अवस्थामा जोस र जाँगर पनि धेरै हुन्छ, तपाईहरुले मेहेनत र परिश्रम गरी काम गरेमा अवश्य पनि सफलत हात पार्नुहुन्छ ।’ उनले भने, ‘पछि उमेर ढल्किदै गएपछि गर्छु भनेर पनि सकिदैन । त्यसैले पछिको लागि अहिल्यै सोचेर अगाडी बढ्नुपर्छ ।’

लिलाचोक टोल विकास संस्थाका अध्यक्ष खिमलाल पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा भक्तबहादुर विकले कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए भने पुष्पा गुरुङले कार्यक्रमको आय व्यय प्रस्तुत गरेकी थिईन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker