तनहुँको डुम्रेमा फेमिली मार्ट सञ्चालन

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा ‘डुम्रे फेमिली मार्ट’ सञ्चालनमा ल्याइएको छ । करिब १४ वर्ष वैदेशीक रोजागरीका क्रममा सिकेको ज्ञान र सीपलाई उपयोग गर्दै युसुफ अलीले डुम्रेको बन्दिपुरचोकमा फेमिली मार्ट सञ्चालनमा ल्याएका हुन् ।

उक्त मार्टको मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा र वडाध्यक्ष भानुभक्त पोख्रेलले संयुक्त रुपमा उद्घाटन गरी व्यवसाय शुभारम्भ गरेका छन् । सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापाले आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय वस्तुको खरिद बिक्री र एकै थलोमा उपभोक्ताले आवश्यक वस्तु खरिद गर्ने वातावरण बनेको भन्दै शुभकामना व्यक्त गरे ।

यस्तै, वडाध्यक्ष पोख्रेलले डुम्रेबजार तनहुँसंगै गोरखा, लमजुङ, मनाङसम्मको मुख्य व्यापारिक केन्द्र भएको हुँदा उपभोक्ताको आवश्यकातालाई पहिचान गरी मार्ट सञ्चालनमा ल्याइएकोमा सञ्चालकहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उनले आधुनिक प्रविधिको प्रयोग गरी स्थानीय स्तरमा उत्पादित उपजको बजारीकरणमा समेत ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरेका छन ।

करिब ३५ लाख रुपैयाँ लगानिमा सञ्चालन गरिएको फेमिली मार्टमा दैनिक उपभोग्य वस्तु, घरायसी सामाग्रि, बालबालिकाका खेलाउनका साथै बर्थ-डे केकका साथै आवश्यक सामाग्रिहरु बिक्री वितरण गरिने व्यवस्था गरिएको सञ्चालक युसुफ अलीले बताए । सञ्चालक अलीको फेमिली मार्टमा चार जनाले प्रत्यक्ष रोजागरी समेत पाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker