भिमादको फेदी खोलामा स्टील ट्रस पुल निर्माण हुँदै

तनहुँ : तनहुँ जलविद्युत् आयोजना अन्तर्गत भिमाद नगरपालिका–५ स्थित फेदी खोलामा ५६ दशमलव २ मिटर लामो स्टील ट्रस ब्रिज निर्माण कार्यलाई तीब्र पारिएको छ । पुल निर्माणका लागि २०८२ मंसिर २४ गते ठेक्का सम्झौता भएको हो । सम्झौताअनुसार पुल निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुल निर्माण भएपछि भिमाद बजार, ऋषिङपाटन, जलबिरे, वाङटाङीटार, लदन, आमडाँडा र टुटुवालगायतका बस्ती सडक सञ्जालमार्फत प्रत्यक्ष रूपमा जोडिने बताइएको छ । यसबाट स्थानीयवासीको आवागमन सहज हुनुका साथै स्थानीय कृषि उपज तथा अन्य सामग्रीको ओसारपसारमा समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, ऋषिङ गाउँपालिका–७ र ८ अन्तर्गतका पुरानो ऋषिङ, पाल्ट्याङलगायतका बस्तीका स्थानीयलाई समेत पुल निर्माणपछि सहज यातायात सुविधा उपलब्ध हुने तनहुँ जलविद्युत आयोजनाले जनाएको छ ।

फेदी खोलामा पुल निर्माण सम्पन्न भएपछि भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीच सडक पहुँच तथा यातायात सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ । पुलले दुई स्थानीय तहका ग्रामीण बस्तीलाई बजार क्षेत्रसँग जोड्न तथा स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तार गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker