चाडपर्वलाई लक्षित गरी शुक्लागण्डकीको बजार अनुगमन शुरु

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

चाडपर्वलाई लक्षित गरी शुक्लागण्डकी नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । चाडपर्वको बेलामा अखाद्य र म्याद गुज्रिएका उपभोग्य बस्तुहरु बिक्री हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले बजार अनुगमन थालेको हो । सोमबार प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालको नेतृत्वमा निस्केको अनुगमन टोलीले दुलेगौँडाका मुख्य खाद्यन्न तथा तरकारी पसलहरुको अनुगमन गरेको थियो । बजार अनुगमनको क्रममा कानुनी रुपमा दर्ता नगरी व्यवसाय संचालन गरिएको, दर्ता नविकरण नगरिएको, म्याद गुर्जेका उपभोग्य बस्तुहरु बिक्री योग्य बस्तुसंगै राखिएको, लेवल नराखिएको भेटिएको थियो ।

बजारमा मुख्य गरी पाउरोटीजन्य सामानहरु म्याद गुर्जेको भेटिएको थियो । म्याद गुर्जेका सामानहरु जफत गरिएको छ भने दर्ता तथा नविकरण नगरेका व्यवसायीहरुलाई समयमै दर्ता तथा नविकरणका लागि आग्रह गरिएको प्रशासन शाखा प्रमुख लम्सालले बताए । उनले यसअघिका अनुगमनहरुमा म्याद गुर्जेका सामानहरु प्रशस्तै भेटिने गरेकोमा यस पटक बजारमा धेरै सुधार आएको बताए । उपभोक्ता सचेत हुने हो भने बजारलाई स्वच्छ र अखाद्यरहित बनाउन सघाउ पुग्ने लम्सालले बताए ।

सोमबार डिपार्टमेन्टर स्टोर्स, किराना पसल, व्युटि पार्लर, तरकारी तथा मसला पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनामा शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका विनोदकुमार मल्ल, इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी प्रतिनिधि, नगर प्रहरी सहभागि थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker