गाउँको विकास नै मेरो स्वार्थ : बरिष्ठ नेता पौडेल

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वाधार विकास गरी गाउँको विकास गर्नु नै आफ्नो स्वार्थ रहेको बताएका छन् ।

विपि कोइरालाको ४०औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति १ द्वारा भानु-६ को बुद्धसिं राना प्रतिष्ठान परिसरमा शनिबार आयोजना गरिएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पक्कि बाटो, स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा र प्रविधियुक्त स्वास्थ्य केन्द्रको विकास गरी गाउँमै बस्ने वातावरण बनाउनु नै आफू राजनीतिमा आउनुको स्वार्थ रहेको बताए ।

‘राणा र डाँडाका दिन गए भन्ने गरिन्थ्यो,’ उनले भने, ‘तर मैले के भन्ने गरेको छु भने राणाका दिन त गए होलान् तर रानाको दिन गएका छैनन् । राना अर्थात जनजातिहरुको दिन फर्किएर आएको छ । डाडाँहरुको दिनपनि आउँदैछ ।’

प्रकृतिले सुन्दर बनाएको डाँडाकाँडाहरुमा फर्किएर आउनेहरु पछिल्लो समय बढ्दै गएको पौडेलको भनाई छ । ग्रामीण क्षेत्रमा वृक्षारोपण बढाउँदै लगेर मनोरम ग्रामीण बस्ती बनाउन आवश्यक रहेको बताउँदै पौडेलले भने, ‘इतिहाँसको चक्र घुमेर आउँदैछ । आज प्रकृतिले यती सुन्दर बनाएको छ । त्यतीकै मान्छेले छाडेर अन्त जान सक्दैन । गाउँमा आएर मानिसहरु बस्ने नयाँ शुरुवात हुँदैछ ।’

छिर्कन, रामथुम्की, बरभञ्ज्याङ हुँदै चुँदी निस्कने मार्गलाई ऐतिहाँसिक पर्यटन डाँडाको रुपमा विकास गर्ने गरी गुरुयोजना बनाउन आवश्यक रहेको समेत नेता पौडेलले बताए ।

रुखविरुवाले पर्यावरणलाई दिगो स्थायीत्व दिने मात्र नभई मानव अस्तित्वसंग समेत बचाई राख्ने भएकोले वृक्षारोपण आवश्यक रहेको बताउँदै उनले भने, ‘रुख विरुवा हुर्काउने र चौतारा नजिकै पोखरी स्थापना गर्न सके पर्यावरणलाई दिगो रुपमा बचाउन सकिन्छ । त्यसको लागि सबैको साथ र सहयोग चाहिन्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, भानु नगरपालिका उपप्रमुख उमा गोतामे, भानु-६ का वडा अध्यक्ष धिरेस खनाल, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरती, क्षेत्र नम्बर १ का सचिव दयानीधि नराल लगायतका सहभागितामा दालचिनी, कपुर, असोका लगायतको विरुवा रोपणमा गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker