बङ्गुरपालनमा लोभिँदै सञ्चारकर्मी

बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लाग्नुभएको छ । बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित बन्नुभएको हो । विगत तीन वर्षअघि दुई–तीन वटा बङ्गुर मासुको लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उहाँले बताउनुभयो । तीन वटा माउले एक पटकमा १५÷१६ का दरले पाठापाठी दिँदा वर्षमा झण्डै रु छ लाख बराबर आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।

आफूलाई फुर्सद नभएको समयमा पति विजयले रेखदेख र दाना चोकर दिने कार्यमा सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । बङ्गुर छ÷छ महिनामा वर्षमा दुई पटक ब्याउँछ । हाल खोरमा छवटा माउ छन् भने २४ वटा पाठापाठी बिक्रीको लागि तयारी अवस्थामा पुगेका छन् । उहाँले भन्नुभयो, “पैँतालिस दिन पुगेपछि प्रतिपाठापाठी रु छ हजार ५०० का दरले बिक्री गर्ने गरिएको छ ।” बिक्रीका लागि बजारको कुनै समस्या नभएको र मागअनुरुपको पु¥याउनसमेत नसकिएको उहाँले बताउनुभयो ।

अन्य व्यवसायको तुलनामा बङ्गुरपालन सजिलो, धेरै लगानी गर्न नपर्ने, पाल्न सजिलो हुने भएकाले आफू यसतर्फ उत्साहित भएर लागेको उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिकाबाट बङ्गुरको खोर सुधारका लागि रु १५ हजार अनुदान पाएको विक बताउनुहुन्छ । सुरुसुरुमा होटलबाट खानेकुरा सङ्कलन गरेर पाल्ने गरे पनि पछिल्लो समय ढुटो, पिना, कर्कलो र चोकर मिलाएर पकाई खुवाउने गरेको विक दम्पतीले बतयो । बङ्गुरका लागि कर्कलो उपयुक्त हुने भएकाले व्यावसायिकरूपमै करकलो खेतीसमेत गरिएको उहाँहरूले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker