डिप्रेसनको ‘प्लेटफर्म’ बन्दै सामाजिक सञ्जाल

सामाजिक सञ्जालले मानिसको हितभन्दा बढी नोक्सानी सिर्जना गरेको देखिन्छ । हालै भएको एक अध्ययनअनुसार सामाजिक सञ्जाल दिनप्रतिदिन जोखिमयुक्त बन्दै गएको बताइएको छ ।

‘जनरल अफ ग्लोबल इन्फर्मेसन मेनेजमेन्ट’मा प्रकाशित एक शोधका अनुसार सामाजिक सञ्जालले मानसिक मात्र नभई व्यक्तिको शारीरिक स्वास्थ्यमा बाधा पुगेको छ । सन् २००३ देखि २०१८ को बीचमा सामाजिक सञ्जालबारे गरिएका ५० भन्दा बढी सोधलाई आधार मानेर सिड्नीको ‘युनिभर्सिटी अफ टेक्नोलोजी’ले सामाजिक सञ्जालका चार दर्जन बढी असर पत्ता लगाएको हो ।

सोधका अनुसार सामाजिक सञ्जालको दुष्प्रभाव मुख्यगरी ६ प्रकारका हुने गर्छन् । जसमा निजत्वको चिन्ता, सुरक्षा जोखिम, प्रदर्शनीमा कमी वा वृद्धिको चिन्ता, सामाजिक लेनदेन, हैरानी तथा दिक्दारी उत्पन गर्ने विषयवस्तु र साइबर अपराध वा हिंसालाई मुख्य समस्याको रुपमा लिइएको छ ।

१. डिप्रेसनको सबैभन्दा ठूलो प्लेटफर्म

सामाजिक सञ्जालको प्रयोगबाट व्यक्तिको मनोविज्ञानमा प्रभाव पर्ने तथ्यलाई यो अनुसन्धानले विशेष जोड दिएको छ । धेरै मानिसले सामाजिक सञ्जालमा आफूलाई अर्को व्यक्तिसँग तुलना गरेर आफ्नो जिन्दगी ‘पर्फेक्ट’ नभएको गुनासो गर्छन् । यस किसिमका मानिसमा खास एक प्रकारको मानसिक बिरामी ‘सोसल मिडिया एन्जाइटी डिसअर्डर’ हुने गर्दछ । यस प्रकारका प्रयोगकर्ता थाहा पाएर वा नपाइकन डिप्रेसनको शिकार हुन्छन् ।

२. मेटाभर्स : दुनियाँ बदल्ने प्रविधि बन्दै

हालै मात्र फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा राखेको छ । मार्क जुकरवर्गको योजनाअनुसार अबको समाजिक सञ्जालमा घरको कामदेखि, जागिर, मनोरञ्जन सबै सुविधा हुनेछ । यस प्रकारको भर्चुअल संसारमा एक व्यक्तिले अर्को व्यक्तिसँग निकै कम मात्र संवाद गर्छ । मानिसले इन्टरनेटलाई नै सजीव संसार ठान्न पुग्दछ र आफ्नो स्क्रिनभित्र प्रवेश गर्दा मात्र आफ्नो संसारमा प्रवेश गरेको ठान्दछ । मेटाभर्स भनिने यस्तो थ्रीडी डिजिटल प्लेटफर्ममा भिडियो कल गरी वा सञ्जालमा जोडिएर घर, कार्यालय वा बजारमा भएजस्तै महसुस गर्न सकिनेछ ।

यसबाट नाटक, संगीत तथा अन्य कार्यक्रममा प्रत्यक्ष जोडिएजस्तै जोडिन मिल्नेछ । मेटाभर्सबाट कुनै पर्यटकीय क्षेत्रको भ्रमण गर्नदेखि सुविधाअनुसारको कलाकृति हेर्न वा देखाउन सकिन्छ ।

३. कहिले हुन्छ सामाजिक सञ्जाल प्लेटफर्मको शुरुवात ?

पहिलो सामाजिक सञ्जाल प्लेटफर्मको रुपमा सन् १९९७ मा डिग्रिज नाम गरेको सञ्जाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन गरिएको थियो । एक समय यसको ३५ लाखभन्दा बढी प्रयोगकर्ता थिए । जसको स्थापना एन्ड्रुक विनरिचले गरेका थिए ।

यता २००२ मा भने फ्रेन्डस्टर नाम गरेको सामाजिक सञ्जाल आयो भने २००३ मा लिंक्डइन शुरु भयो । त्यसै वर्ष माइस्पेस र सन् २००४ मा हाइफाइभ नाम गरेको सामाजिक सञ्जाल पनि शुरु भयो । त्यसै वर्ष शुरु भएको फेसबुकले भने सबै मानिसको जीवन बदलिदियो । अहिले संसारमा दुई अर्ब ८५ करोड प्रयागकर्ताले फेसबुक चलाइरहेका छन् ।

४. ह्वाट्सएप भारतमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल

तथ्यांकको अनुसार ५४ करोड प्रयोगकर्ताको साथमा ह्वाट्सएप भारतमा प्रयोग हुने सबैभन्दा प्रमुख सामाजिक सञ्जाल बनेको छ । यस्तै प्रयोगकर्ताको आधारमा भारतमा युट्युब दोस्रो र फेसबुक तेस्रो स्थानमा पर्छ । भारतमा युट्युब चलाउने प्रयोगकर्ताको संख्या करिब ४५ करोड रहेको छ जब कि त्यहाँ ४१ करोड मानिसले फेसुबक प्रयोग गर्छन् । पछिल्ला वर्षमा इस्टाग्राम पनि भारतमा लोकप्रिय बनिरहेको छ । त्यहाँ इन्स्टाग्राम प्रयोगकर्ता २१ करोड हाराहारी रहेको तथ्यांक छ।

५. सामाजिक सञ्जालको लतमा फसेको कसरी थाहा पाउने ?

मनोवैज्ञानिक डा. विनय मिश्रका अनुसार प्रत्येक व्यक्तिको जीवनमा अलगअलग कुराले महत्त्व राखेको हुन्छ । कसैको लागि लेख लेख्ने, कसैको लागि कलाकृति बनाउने त कसैको लागि अध्यापन गर्ने काम महत्त्वपूर्ण लाग्छ । हरेक व्यक्तिलाई आफ्नै काम महत्त्वपूर्ण लाग्छ । यदि यसो हुँदाहुँदै कोही व्यक्ति सामाजिक सञ्जाललाई मात्रै बढी महत्तव दिई त्यसमा व्यस्त हुन्छ र आफ्नो काम भुल्छ भने उसलाई सामाजिक सञ्जालको लत लागेको मान्न सकिन्छ । बिस्तारै त्यो लत बानी बनेर मानसिक तथा शारीरिक समस्या उत्पन्न हुन्छ ।

६. डिजिटल एडिक्सनको शिकार हुने सम्भावना

सामाजिक सञ्जालबाट हुने समस्याले डीएसएम भनिने एक रोगको शिकार बनाइदिने गर्छ । डायग्नोस्टिक एण्ड स्टेटिस्टिकल मेनुअलका अफ मेन्टर डिसअडरका (डीएसएम) मानसिक स्वास्थ्यसम्बन्धी एक रोग वा समस्या हो । यस्तो मनोविज्ञानलाई अर्को शब्दमा ‘बाइबिल’समेत भनिन्छ । यो रोग देखा पर्दा व्यक्तिमा मानसिक विसंगति वा असन्तुलन देखा पर्दछ । यसमा डराउनेदेखि डिप्रेसनसम्मका समस्या पदर्छन् । यो रोग लाग्दा सामाजिक सञ्जालको लत जुवा खेल्दाजस्तै हुन्छ । दैनिक भाष्करबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker