चौथो व्यास नगर अल्ट्रा म्याराथनको तयारीले तीव्र

  • भञ्ज्याङ समाचारदाता (दमौली)

चौथो व्यास नगर अल्ट्रा म्याराथनको तयारीले तीव्र पारिएको छ । यही माघ १६ गते सहिद दिवसको अवसरमा हुने म्याराथनका लागि आयोजक व्यास नगरपालिकाले सम्बद्ध निकायहरूसँग छुट्टा-छुट्टै छलफल र बैठक गरिरहेको छ । यसै सन्दर्भमा नगरपालिकाले शुक्रवार व्यास-८ स्थित पुलिमराङमा म्याराथन तयारी बैठक सम्पन्न गरेको छ । जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुबा, आमा समूह र युवा समूहसँग खाना व्यवस्थापन, मञ्च व्यवस्थापन लगायतका विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।

बैठकमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानले सहिदगाँउलाई पर्यटकीय स्थलको रुपमा परिचित गराउन नगरपालिकाले अभियान थालेको बताए । ‘यो प्रजातन्त्र प्राप्तीका लागि ज्यान गुमाएका सहिदहरुको गाउँ भएकाले यसको बिकासका लागि नगरपालिका तपाईहरुको साथमा छ’ न्यौपानेले भने ।

बैठकमा उपप्रमुख एवं व्यास नगरपालिका खेलकुद व्यवस्थापन समितिका संयोजक मिरा जोशीले म्याराथनमा देशका विभिन्न ठाउँबाट धावकहरुको सहभागीता हुने भएकाले यसको व्यवस्थापकीय पक्षहरुमा विशेष ध्यानदिन आग्रह गरिन् । यो कार्यक्रम समग्र नगरपालिकाकै गौरवको रुपमा रहेकाले यसलाई सफल बनाउन सबैको भूमिका उत्तिकै महत्वपुर्ण हुने जोशीको भनाई थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले म्याराथन तयारीका लागि विभिन्न उपसमितिहरु निर्माण भएकाले ती उपसमितिहरुसँग पनि समन्वय र सहकार्य गर्न गाउँबासीलाई आग्रह गरे । बैठकमा व्यास-८का वडा अध्यक्ष ओजराज पौडेलले विगतका कमीकमजोरीबाट पाठ सिकी आवश्यक सुधार गनुपर्नेमा जोड दिए । साथै तयारीमा केही कठिनाई आइपरेमा नगरपालिकासँग समन्वय गर्न पनि पौडेलले आग्रह गरे ।

बैठकमा वरिष्ठ आलेप अधिकृत एवं कार्यक्रमका खानाव्यवस्थापन उपसमितिका संयोजक कुमार कञ्चन जिसीले कार्यक्रममा सहभागी हुनेको संख्या अनुमान गरी सोही अनुसार प्रभावकारी व्यवस्थापन गरिनुपर्ने बताए ।

स्थानीय सहिद धर्म आमा समूहकी अध्यक्ष कृष्णमाया गुरुङ्गले म्याराथन कार्यक्रमले गाउँमा छुट्टै उत्साह थपेको बताइन् । ‘यसबाट हाम्रो गाउँको प्रचारप्रसार राम्रो भएको छ र हाम्रा सहिदहरुको मर्ूर्ति पनि ढाकिएर राखेको अवस्थाबाट अनवरण भयो हामी धेरै खुशीभएकाछौँ’ उनले भनिन् । ४४ किलोमिटर अल्ट्रा म्याराथनका देशका विभिन्न ठाउँबाट धावकहरुले नामदर्ता गराउने क्रमजारी रहेको छ । १०० जनाधावकहरुले म्याराथनमा सहभागीता जनाउने नगरपालिकाले अनुमान गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker