दशै पर्वका लागि तोरी पेल्नेको भिड

तनहुँको बन्दिपुर गाउँपालिका-१ रिमाल्निमा रहेको आधुनिक तोरी मिलमा दशैं पर्वका लागि आवश्यक पर्ने तेलका लागि तोरी पेल्न आएका स्थानीयहरु । स्थानीय मेनका भट्टराइले सञ्चालनमा ल्याएको उक्त मिलमा अहिले तनहुँको बन्दिपुर, भानु, आँवुखैरेनी लगायतका पालिकाको ग्रामीण क्षेत्रबाट मानिसहरु तोरी पेल्न आउने गरेका छन् ।

यस्तै, मिलबाटै पनि शुद्ध तोरीको तेल प्रति लिटर चार सय रुपैयाँमा बिक्री वितरण गर्ने गरेको बताइएको छ ।

तस्विर : भञ्ज्याङ










