स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउन आवश्यक : मुख्यमन्त्री अधिकारी

भञ्ज्याङन्यूज

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिका-४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा स्थानीय तहलाई बलियो बनाउने कुरामा आफू सधैँ दृढ रहेको बताए।

‘स्थानीय तहलाई सवल र सुदृढ बनाउँदै प्रदेशलाई नजिकको सरकार बनाउने र संघ सरकार मूल आयोजनामा केन्द्रित हुने अठोट र संकल्प विस्तारै कार्यान्वयन हुँदै गएको छ’, उनले भने, ‘भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले गर्न सकिने कुरामात्रै बोल्ने छु । जति सकिन्छ त्यति गर्ने हो । मुखले बोलेर मात्र हुँदैन । जति काम गर्न सक्छौँ, इमानदारीपूर्वक गर्छौ ।’

म्याग्दे गाउँपालिकाको हरेक कदममा गण्डकी प्रदेश सरकारको समर्थन रहने बताउँदै मुख्यमन्त्री अधिकारीले भने, ‘खानेपानीको समस्या, बाटोको समस्या, सडकका समस्या स्थानीय तहले सम्पन्न गर्ने कुरामा सहजीकरण हुनेछ । प्रदेशले ध्यान पुर्‍याउने कुरामा गम्भीर छौं ।’

निर्माणाधीन पृथ्वीराजमार्ग ढिलाइप्रति आफूले अघिल्लो कार्यकालमै ध्यानाकर्षण गराएको र अहिले पनि आयोजनालाई छिटो काम गर्न निर्देशन दिइसकेको उनले बताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले म्याग्देको विकासका लागि धेरै काम भएको बताउँदै यस क्षेत्रको थप विकासका लागि संघ सरकारको ध्यानाकर्षण गराउने बताए । म्याग्देमा चक्रपथ निर्माण गर्ने योजना परोस् भन्ने सुझाव प्राप्त भएकाले संघ सरकारबाट पहल गरिने भण्डारीले प्रतिबद्धता जनाए ।

जनताको आवश्यकता र मागलाई हेरेर स्थानीय र प्रदेश सरकारले बजेट बनाउनुपर्नेमा उनको जोड थियो । भण्डारीले निर्माणाधीन पृथ्वीराजमार्गको ढिलाइले जनताले सास्ती भोग्नुपरेको बताउँदै राजमार्ग छिटो सम्पन्न गराउन सम्बन्धित निकायमा ध्यानाकर्षा गराइरहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker