आयुर्वेद औषधालयको क्षमता अभिबृद्धि तालिम
भञ्ज्याङ न्यूज

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आयुर्वेद औषधालयका प्रमुखहरुलाई तीन दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । तीनदिनसम्म सञ्चालित तालिममा पूर्वकर्म, नश्य, कटिबस्ती, योग तथा प्रशासनिक क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गरिएको हो ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, कोलिनिकाका प्रमुख किशोर कुमार श्रेष्ठ, निर्वाचन कार्यालयका प्रमुख हर्रि्रसाद ढकाल लगायतकाले सहभागिहरुलाई सहजिकरण गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिए ।
तालिममा आठ जना आयुर्वेद औषधालयका प्रमुखहरुको सहभागिता रहेको उनले बताए । पछिल्लो समय आयुर्वेदिक उपचार तर्फमानिसहरुको आकर्षण बढ्दै गएको अवस्थामा सेवा प्रवाहलाई प्रभावकारी बनाउन लागिएको सो कार्यालयले जनाएको छ ।










