जेसिआई व्यास नगरको कार्य विभाजन

भञ्ज्याङ समाचारदाता/दमौली

जेसिआई व्यास नगरका नवनिर्वाचित अध्यक्ष कृष्ण सुनारले आफ्नो कार्यकालका लागि पदाधिकारीको कार्यविभाजन गरेका छन् । शुक्रबार जारी विवरण अनुसार क्लबको महासचिवमा विरेन्द्र नरालले जिम्मेवारी पाएका छन् । निर्वाचित कार्य समितिका अलावा मनोनयन गर्न बाँकी पदमा अध्यक्ष सुनारले मनोनयन गरेर वर्ष २०२२ का लागि आफ्नो बोर्ड तयार गरेका छन् ।

मनोनित पदाधिकारीहरुमा कानुनी सल्लाहकारमा नविन पुरी, कोषाध्यक्षमा अनुप दाहाल छन् । यसैगरी, सचिवमा सुनिल श्रेष्ठ, शाखा सम्पादकमा सुरज गुप्ता तथा तालिम निर्देशकमा पवन पौडेलले जिम्मेवारी पाएका छन् ।

अध्यक्ष सुनारले बोर्ड एडभाइजरमा राजु राना तथा अध्यक्ष सल्लाहकारमा सुमन श्रेष्ठ र सुमित ढुंगानालाई मनोनित गरेका छन् । जनसम्पर्क अधिकृतमा रवि भुजेल, प्रकरण निर्देशकमा युवराज भण्डारी, वृद्धि सभापतिमा टिका मक्राती तथा शाखा निर्देशकमा अजर नागिलाले जिम्मेवारी पाएका छन् । क्लबको योजना प्रमुखमा चन्दन श्रेष्ठ, सह कोषाध्यक्षमा डिक्सन मल्ल तथा मिडिया रिलेशन अफिसरमा अरविन्द थापाले जिम्मेवारी पाएका छन् ।

क्लबको इनभाइरोमेन्ट कोअर्डिनेटरमा विशाल श्रेष्ठ, सदस्य समन्वय सभापतिमा राजेश मल्ल, फेलोसिप प्रवर्द्धन अधिकारीमा अनिलकुमार श्रेष्ठ, सूचना प्रविधि सभापतिमा पूर्ण विक, कार्यक्रम समन्वय संयोजकमा सुजन भट्टराइ, सचिवालय व्यवस्थापन संयोजकमा वसन्त पन्थीले जिम्मेवारी पाएका छन् । यसैगरी, अवार्ड व्यवस्थापन संयोजकमा सोमबहादुर नेपाली, इन्टरक्लब कोअर्डिनेटरमा गोपाल थापा, सहयोग व्यवस्थापन संयोजकमा फणिन्द्र घिमिरे चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker