बन्दीपुर अस्पतालमा निःशुल्क मुटु स्वास्थ्य शिविर गरिदै

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालमा निःशुल्क मुटुको भिडियो एक्स–रे (इको) सहितको बृहत् मुटु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीको नेतृत्वमा चिकित्सक टोलीद्वारा यही असार ६ गते शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म बन्दीपुर अस्पतालमा सञ्चालन गरिने भएको छ ।
शिविरमा मुटु सम्बन्धी समस्या भएका तथा परीक्षण गराउन इच्छुक सबै नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिन सक्ने बताइएको छ। मुटुको भिडियो एक्स–रे (इको), परामर्श तथा प्रारम्भिक जाँच सेवा उपलब्ध गराइनेछ।
अस्पताल प्रशासनले सम्बन्धित सबैलाई जानकारी गराउँदै आफ्नो क्षेत्रमा रहेका आवश्यक सेवाग्राहीसम्म सूचना पु¥याउन सहयोग गर्न अनुरोध गरेको छ ।
मुटु रोगको समयमै पहिचान र उपचारमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट स्थानीय समुदायले ठूलो लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।










