तनहुँको बन्दिपुर-१ स्थित पवित्रा माविमा विघार्थीहरुलाई दिवा खाजा सुरु

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित पवित्रा माध्यमिक विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा सुरु गरेको छ । नेपाल सरकारको घोषित कार्यक्रम अनुसार कक्षा ५ सम्मका सम्पूर्ण सामुदायिक विद्यालयहरुका कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्वच्छ खाजा खुवाउने र सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरूको आकर्षण बढाउन र जंक फुडको प्रयोगलाई कम गरी स्वस्थकर खाजाको प्रयोग होस् भनि उक्त कार्यक्रम लागू गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमराज लामिछाने छितिजले बताए ।

बन्दिपुर गाउँपालिकामा रहेको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा गत पौष १ गतेबाट दिवा खाजा कार्यक्रम सुरु भइसके पनि पवित्रा माबिमा भने विद्यार्थी संख्या धेरै भएको हुँदा दिवा खाजा सन्चालन गर्न समस्या परेकाले करिब एक महिनापछि विद्यालयमा नैं रहेको क्यान्टिनबाट खाजा खुवाउन शुरु गरिएको बताइएको छ ।

विद्यालयमा हाल कक्षा ५ सम्म २०० जना भन्दा बढी विद्यार्थीहरूको संख्या रहेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रेम पुनका अनुसार दिवाखाजा सुरु गरेपछि अभिभावक तथा विद्यार्थीहरुको हौसला बढेको र सबैले एकै प्रकारको खाजा एकै ठाउँमा बसेर खान पाउँदा विद्यार्थीहरु खुशी भएको र खाजाको व्यवस्था भएपछि विद्यालय तर्फविद्यार्थीहरुलाई आकर्षित गर्न समेत सजिलो हुने बताए । विद्यालयमा हाल नेपाल सरकारले प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले उपलब्ध गराएको दिवा खाजा कार्यक्रम शुरू गरेको छ भने केही रकम अझ थप भए उक्त रकमले जंक फूडको प्रयोगलाई रोक्न सकिने भन्दै दैनिक रुपमा तरकारी, चिउरा, भुजा, हलुवा लगायतको हाइजेनिक खाजाहरु बनाएर विद्यार्थीहरुलाई खुवाउन थालिएको बिद्यालयका प्रधानाध्यापक रघु नाथ पण्डितले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker