तनहुँ उद्योग वाणिज्य सङ्घको कोभिड सङ्कट व्यवस्थापन कोषमा नौ लाख

तनहुँ उद्योग वाणिज्य सङ्घको सक्रियतामा स्थापना गरिएको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ सङ्कलन भएको छ ।

कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि सङ्घले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो ।

यसअघि रु.आठ लाख ४२ हजार ७३७ सङ्कलन भएकोमा शुक्रबार मात्रै रु.५५ हजार नौ सय ९० थपिएको सङ्घका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले थालेको अभियानमा व्यापारी, विभिन्न संस्था, देश विदेशमा रहनुभएका नेपालीले खुलेर सहयोग गरेका कारण काम गर्न हौसला मिलेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker