तनहुाको आँबुखैरेनी गाउँपालिका-१ स्थित आँदिमुलमा ठुलो एकादशी मेला हुने

भञ्ज्याङसमाचारदाता/दमौली

तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित आँदिमूल मन्दिरमा यसवर्ष ठूलो एकादशी मेला लाग्ने भएको छ । पृथ्वी राजमार्गको सत्रसय र याम्पाफाँटबाट करिब ४० मिनेटको पैदल दुरी र २० मिनेटको सवारीसाधनबाट मन्दिरमा पुग्न सकिन्छ । आँदिमूल बाराही देबी मन्दिरमा यस वर्ष मेला लाग्ने वडाअध्यक्ष किसन थापाले बताए । कोरोना संक्रमण जोखिमका कारण गत वर्ष आँदिमुल (आँदिबराही) मन्दिरमा मेला लागेको थिएन ।

हरेक ठूलो एकादशीका दिन हजारौंको संख्यामा भक्तजन र मेला भर्नेको भिड लाग्ने गर्दछ । उक्त मन्दिरमा ठूलो एकादशीका दिन टाढा-टाढाबाट बाजागाजा सहित फूलको डोली भित्र्याउने चलन छ । यस वर्ष भने कोरोनाको असर न्यून देखिएकाले मेला लाग्न लागेको आँदिमुल मन्दिर संरक्षण समितिका अध्यक्ष पदमराज अधिकारीले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker