आदिकवि भानुभक्त क्याम्पसले विविध कार्यक्रम गरी ३९औं वार्षिकोत्सव मनाउँदै

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले विविध कार्यक्रम गरी आफ्नो ३९औं वार्षिकोत्सव, साधारण सभा तथा १२औं अधिवेशन–२०८२ मनाउने भएको छ ।

क्याम्पसले भदौ १४ देखि २० गतेसम्म विभिन्न गतिविधि आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

क्याम्पसका अनुसार भदौ १४ गते शनिबार बिहान ७ बजे श्री जनजुक्त शाही माध्यमिक विद्यालय व्यास, नेपालटारमा स्वस्थ्य शिविर, १५ गते आइतबार बिहान ७ बजेदेखि क्याम्पस परिसर सरसफाइ, भदौ १७ गते मंगलबार बिहान ७ः३० बजे आदिकवि भानुभक्त क्याम्पसस्तरीय खुला साँस्कृतिक नृत्य प्रतियोगिता गरिने भएको छ ।

यस्तै भदौ १८ गते बुधबार बिहान ७ः३० बजे साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन, वार्षिक प्रकाशनहरुको विमोचन, शुभकामना, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण, सम्मान, साधारण सभाको बन्दसत्र तथा साँझ दीपावली गर्ने भएको छ ।

यसै अधिवेशन तथा साधारण सभाले क्याम्पस सञ्चालक समिति समेत चयन गर्ने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जनाए । उनका अनुसार भदौ २० गते शुक्रबारका दिन बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म क्याम्पस सञ्चालक समितिको निर्वाचन कार्यक्रम गरिने छ ।

क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठले सम्पूर्ण सदस्य तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई सफल पार्न आग्रह गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker