ऋषिङ गाउँपालिका अन्गर्तगतका स्वास्थ्य संस्थाको निरीक्षण

ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाइको नेतृत्वमा एक कर्मचारी टोलीले गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूको स्थलगत निरीक्षण गरेको छ । निरीक्षण टोलीले वडा नं. ६ मा रहेका जैसीहटिया आधारभूत स्वास्थ्य सेवा केन्द्र र ढुङ्गाडे स्वास्थ्य सेवा केन्द्रको अवस्था अवलोकन गरेको हो ।

स्वास्थ्य सेवा केन्द्रहरूको भौतिक पूर्वाधार, सेवा प्रवाहको गुणस्तर, जनशक्ति व्यवस्थापन, औषधि उपलब्धता लगायतका पक्षहरूमा प्रत्यक्ष जानकारी लिनका लागि निरीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत अंगाइले बताए ।

“स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार हो । त्यसको गुणस्तर र पहुँचमा सुधार गर्न स्थानीय सरकारको भूमिकासमेत अत्यन्त महत्त्वपूर्ण हुन्छ”, उनले भने ।

निरीक्षणबाट प्राप्त सुझाव र अवलोकनका आधारमा आवश्यक नीति तथा कार्ययोजना बनाइने तथा सुधारात्मक कदम चालिने टोलीले जनाएको छ ।

गाउँपालिकाका कुशल प्रशासकको रूपमा परिचित अंगाइले कार्यभार सम्हालेदेखि नै विभिन्न रचनात्मक तथा सेवामूलक कार्यहरू अगाडि बढाउँदै आएका छन् ।

जनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएका उनले यसपटक स्वास्थ्य क्षेत्र सुधारतर्फ ध्यान केन्द्रित गरेका छन् ।

निरीक्षण टोलीमा स्वास्थ्य शाखाका प्रतिनिधिहरू, प्राविधिक कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker