पाठ्यक्रम प्रबोधीकरण तालिम

तनहुँको भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ तनहुँको सहयोगमा सञ्चालन गरिएको पाठ्याक्रम प्रबोधीकरण तालिममा सहभागि शिक्षकहरु । नगरपालिकाले कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम प्रबोधीकरण शुरू गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । तालिम उद्घाटन समारोहमा नगरप्रमुख आनन्दराज त्रिपाठी, नगरका सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, सदस्य इश्वर बहादुर घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए । नगरपालिकाले साउन १७ र १८ गते कक्षा ४ को र १९ र २० गते कक्षा ७ र ९ को पाठ्यक्रमका बारेमा छलफल गर्ने भएको छ । भानुका शिक्षा अधिकृत सरस्वती गुरूङ ढकाल र शिक्षकद्वय ज्ञानेन्द्र पण्डित र जयराम सेढाइले सहजिकरण गर्ने तालिममा सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्यापनरत ४० जना शिक्षकहरूको सहभागिता रहेको छ । तस्विर : भञ्ज्याङ










