टुकादेवीको “बार्दली” विमोचन

राजकुमार आले

तनहुँकी साहित्यकार टुकादेवी पौडेल आचार्यको पहिलो प्रकाशित कृति लघुकथा संग्रह ‘बार्दली’को विमोचन गरिएको छ । विहीबार पञ्चमुनिदेव माध्यामिक विद्यालयको सभाहलमा सिमित साहित्यकारहरुको उपस्थितिमा पुस्तकको विमोचन गरिएको हो । पुस्तकमा ५१ वटा लघुकथाहरु समेटिएका छन् । ती कथाहरु वालमनोविज्ञान र सामाजिक विषयका छन् । पहिलेदेखि नै साहित्यिक क्षेत्रमा क्रियाशिल आर्चायले ‘बार्दली’ लघुकथा संग्रह प्रकाशित गरी औपचारिक रुपमा साहित्यिक यात्रा सुरु गरेकी छिन् ।

बार्दलीका लेखक आचार्य पञ्चमुनिदेव माविकी शिक्षिका हुन् । लघुकथा संग्रह विमोचन गर्दै नगरपालिकाका मेयर किसान गुरुङले बार्दली शब्दलाई आफुले नजिकबाट नियालेको हुनाले ‘बार्दली’ लघुकथा पढ्न छुट्टै आन्नद प्राप्त हुने विश्वास लिए । मेयर गुरुङले स्रष्टा आचार्यलाई आगामी दिनहरुमा पनि निरन्तर साहित्यिक यात्रामा लाग्न शुभकामना दिदै समाज निर्माणमा साहित्यको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।

कार्यक्रममा लघुकथाकार तथा समालोचक हरि प्रसाद भण्डारीले कृतिको समिक्षा गरेका थिए । सो क्रममा भण्डारीले कथाका पात्र, परिवेश, सन्देश, विषय तथा भाषाशैली सबैको शसक्त प्रयोगले कृति उत्कृष्ट बनेको प्रतिक्रिया दिए । कथाका पात्रहरुको संयोजनबाट समाजमा रहेको विकृति, विसंगति, भष्ट्रचार र अनिमियता प्रति बार्दली लघुकथाले व्यङग्यात्मक रुपमा चोटिलो प्रहार गरेको बताए ।

पञ्चमुनिदेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोस श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गोरखा पत्र दैनिकका पुर्व प्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, रोदन, लघुकथा समाज नेपाल प्रदेश नम्वर १ की अध्यक्ष ममता मृदुल, शुक्ला साहित्य संगमका संरक्षक शेषमणी आचार्य, विद्यालयका प्रधानाध्यापक धु्रवकुमार मल्ल, सहायक प्रधानाध्यापक एकनारायण भण्डारी लगायतले बार्दली उत्कृष्ट रहेको प्रतिक्रिया दिदै स्रष्टा टुकादेवी पौडेल आचार्यलाई सफलताको शुभकामना दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker