छ दिनसम्म दमौली बजारमा दैनिक सात घण्टा विद्युत अवरुद्ध हुने

दमौली । तनहुँको सदरमुकाम दमौली बजारमा मंगलबारदेखि छ दिनसम्म दैनिक सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौली बजार क्षेत्रको सडक किनारमा नयाँ लाइन विस्तार गरी पुरानो संरचना हटाउने कार्य गरिने भएकाले मंगलबारदेखि ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध गरिने भएको हो ।

सडक विस्तारका क्रममा पोल गाड्ने काम भइरहेको र उक्त पोलमा नयाँ लाइन विस्तार गर्न व्यास नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ को केही भागमा आवश्यकता अनुसार विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजय रेग्मीले बताए ।

दमौली फिडरबाट विद्युत आपूर्ति हुने यी ठाउँहरुमा आवश्यकता अनुसार विद्युत अवरुद्ध गरेर काम सुरु गर्न लागिएको उनले बताए । उनका अनुसार समयमै कार्य सम्पन्न भएमा वा मौसममा प्रतिकूलता भएमा, बन्द गर्ननपर्ने अवस्थामा सो अवधिमा विद्युत सेवा सञ्चालन हुने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker