आँवुखैरेनी गाउँपालिकाद्वारा घरेलु बाँसको डस्टविन प्रवर्द्धन

तनहुँको आँबुखैरेनी गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार ‘स्थानीय स्रोत, साधन र सीपको पहिचान तथा प्रवर्द्धन’ गर्ने उद्देश्यले आयोजना गरेको घरेलु बाँसद्वारा निर्मित डस्टविन प्रदर्शनी कार्यक्रम राखिएका डस्टविन ।

गाउँपालिकाका ६ वटै वडाका विभिन्न समुह तथा घरेलु व्यवसायी गरी २० को संख्यामा सहभागि भएका थिए ।

प्रदर्शनीमा सहभागिहरु मध्ये वडा नं. १ का निवासी रेशम भुजेल सर्वोउत्कृष्ट, वडा नं. ६ निवासी सिर बहादुर भुजेल उत्कृष्ट भएका छन् ।

तस्विर : भञ्ज्याङ










