गण्डकीमा घरेलु मदिरा उत्पादन गर्ने बाटो खुल्यो

तनहुँ : गण्डकी प्रदेशमा घरेलु मुदिरा उत्पादनको कानुनी बाटो खुलेको छ । संसद्बाट पारित भएको गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐनको संशोधन विधेयकले घरेलु मदिरा उत्पादनलाई सहजीकरण गरेको हो । २०७५ सालमा यो ऐन बनेको थियो । सरकारले ऐनमा संशोधन गरेको हो ।
संशोधन विधेयकमा स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा रैथाने मदिरा उत्पादन गर्ने उद्योग दर्ता गर्न सकिने गरी नयाँ प्रावधान ल्याएको छ । सांसदहरूले यसलाई सकारात्मक कदम भनेका छन् । सांसद देवका पहारीले ऐनको संशोधनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताइन् ।
‘स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा स्थानीय वा रैथाने मदिरा उत्पादन गर्ने उद्योग दर्ता गर्न यस उपदफाले बाधा पु¥याएको मानिने छैन भन्ने बुँदा अत्यन्त सकारात्मक छ’, उनले भनिन् । घरेलु मदिरासम्बन्धी छुट्टै विधेयक संसद्मा विचाराधीन छ । सोही विधेयकलाई सहयोग पुग्ने गरी औद्योगिक व्यवसाय ऐन संशोधन गरिएको हो ।
मन्त्री विन्दुकुमार थापाले घरेलु मदिरा उत्पादन गर्ने उद्योग विधेयकमा ल्याइएको र यसले प्रदेशको राजस्व बढ्ने दाबी गरे। ‘स्थानीय कच्चा पदार्थमा आधारित घरेलु मदिरा उद्योग दर्ता गर्न सक्ने प्रावधान यो संशोधनमा ल्याइएको छ’, उनले भने, ‘यसले प्रदेशको राजस्व, आयआर्जन र रोजगारीमा समेतसहयोग गर्ने अपेक्षा लिएका छौँ ।’
विधेयकले कच्चा पदार्थ प्रयोग गरेर घरेलु तथा रैथाने मदिरा उत्पादन गर्ने उद्योगलाई कानुनी रूपमा दर्ता गर्न बाटो खोलेको छ। यसलाई प्रदेशको राजस्व, आयआर्जन र रोजगारी बढाउने एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । संसद्मा विचाराधीन रहेको घरेलु मदिरासम्बन्धी विधेयक यही अधिवेसनबाट पारित गर्ने संसदको तयारी छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker