चुनाब पछिको सरकार र नेपालको प्राकृतिक स्रोतलाई उधोगमा रुपान्तरण

डा. प्रशान्त ध्वज अधिकारी

आज विश्वमा रहेका देशहरु कि आफ्नो स्रोतको परीचालनबाट धनी भएका छन्, कि प्रबिधिको बिकास गरी त्यसलाई नै स्रोतमा रुपान्तरण गरी । अति स्रोत हदा हुदै पनि सदुपयोग गर्न नसकी द्वन्द्वमा फसेका रास्ट्रबाट प्रबिधियुक्त रास्ट्रहरुले नै तिनीहरुको स्रोतबाट औधोकिकरणमा गई पुन फाइदा लिईरहेका छन ।

अहिलेको बिकासको आधार नै कसरी भएको स्रोतलाई पहिचान गरी अधिक्तम उपयोग गर्न सकिन्छ भन्ने सोचबाट विश्व समुदाय अघि बढिरहेको छ । नेपाल र हामी नेपाली स्रोत हुँदाहुँदै पनि सदुपयोग गर्न नसकी विकासमा धेरै नै पछि परिसकेको छौं । आजको संसारमा विकासको गति यति तीव्र छ कि कुनै अलमलमा परी समय खेर फाले, ती अलमलमा पर्ने देश पछि त परिहाल्छन् ।

त्यो बाहेक भविष्यमा यी मुलुक तीव्र गतिमा हिंडेका मुलुकका लागि चाहिने जनशक्ति पठाउने राष्ट्रको रुपमा चिनिंदै जानेछन् । यसको उदाहरण लिन लगभग हामी सँगसँगै राजनीतिक परिवर्तन गरेको देश कोरियालाई लिन सकिन्छ । उनीहरुको हाल वार्षिक प्रति आय ३० हजार डलर माथि छ भने, हाम्रो केवल १२०० डलर मुनि ।

दुःखको साथ भन्नु पर्दा विकासित राष्ट्रको एक मझौला परिवारले एक वर्षमा ट्वाइलेटजन्य सामग्री र पेपरमा मात्र खर्च गर्ने रकम हाम्रोमा सामान्य परिवारले कमाउन पूरा वर्ष दिन कुर्नुपर्छ । अनि हामी नेपाली कसरी आफूलाई विश्व मञ्चमा सम्मानित तरिकाबाट उठाइरहन सक्छौ । प्राकृतिक स्रोतलाई राज्यको सम्पन्नतासँग जोडेर हेरिन्छ, स्रोत भनेकै पदार्थहरुको उपस्थितिसँग सम्बन्धित छ ।

पदार्थ भन्नुनै समस्त वस्तुहरू हुन्, जसले ब्रहृमाण्ड बनेको छ । तर, सतह भित्र रहेको खनिज सम्पदाको रहस्य नेपालको लागि अझै अनुसन्धानकै बिषय भएको छ । खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, फलाम, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरु, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनेर चिनिन्छ ।

संसार आज नयाँ-नयाँ प्रबिधिको बिकास गरी उपभोगको बाटोमा छ । प्राकृतिक रुपमा उत्खनन भएका पदार्थहरुलाई मात्र उपभोग गर्दा नपुगेर कृतिम रुपमा पनि पदार्थहरुलाई प्रयोगशालामा उत्पदान गरी मानविय जिबनलाई अझ अगाडी बढाउने बाटोमा अनुसन्धानकर्ता लागिपरेका छन् । बीसौ शताब्दीलाई सिलिकन सेमिकन्डटर युगको रुपमा चिनिन्छ भने, अब आउने शताब्दीलाई कार्बन शताब्दीको युगमा लान बिश्व बैज्ञानिक जगत अघि बडीरहेको छ ।

तर ति अप्राकृतिक तरिकाबाट प्रयोगशालामा उत्पदित कार्बन वस्तुहरु (जस्तै, कार्बन न्यानो ट्यूब, ग्राफिन, आदिहरुको) उपयोगिताको नतिजा अझै आउन बाकी छ । यदि नतिजा अझ सकारात्मक भए सिलिकन सेमिकन्डटरको ठाउमा कार्बनप्रबिधि भित्रिने छ । यदि, यस्तो भए हामीले अहिले प्रयोग गरिराखेको इलेक्टि्रक प्रबिधिमा ठूलो परिबर्तनआउने छ।

स्रोत-खनिज पदार्थको हिसाबले नेपाल धनी राष्ट्रमै पर्दछ । नेपालको संविधान-२०७२ अनुसार अब यस्ता खनिज पदार्थहरु प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र आउने भएकाले स्थानीय सरकारहरुले पनि उचित नीति अवलम्बन गर्नैपर्छ । नेपालमा खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि बि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरिएको थियो । जसले नेपालमा पाइने खनिजहरुबारे संक्षिप्तमा जानकारी बाहिर लेराएको छ ।

फलाम र चुनढुङ्गा नेपालमा पाइने बस्तुहरुमध्ये तुलनात्मक रुपमा बढी पाइने रुपमा लीइएको छ र केहि भएपनि हाल हामीले चुनढुङ्गालाई सिमेन्ट उधोगमा उपयोग गरी आएका पनि छौ । पेट्रोलियम पदार्थ पनि नेपालमा पाइने विभिन्न अध्ययनले देखाएको छ । नेपालका विभिन्न क्षेत्रमा पाइने हल्ला गरीएको युरेनीअम उत्खनन गरेर विक्री वा प्रशोधन गर्न सकिन्छ कि सकिँदैन त्यो भोलिका दिनमा अनुसन्धानले देखाउला । आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनीअमलाई “रणनीतिक खनिज” मानिन्छ । खानी तथा भूगर्भ विभागबाट प्राप्त जानकारी अनुसार नेपालमा पाइने खनिज उत्खननका लागि स्वदेशीदेखि विदेशी कम्पनीहरुसमेत आकर्षित भइरहे पनि नतिजा सन्तोसजनक अझै हुन् सकिरहेको छैन ।

यति हुँदाहुँदै पनि पदार्थिय दृष्टिकोणबाट रणनीतिक महत्व भएका र भबिस्यमा हुन् सक्ने पदार्थहरु जस्तै लिथियम, कोबाल्ट, निकल, इत्यादीको, हामीकोमा सम्बन्धित निकायबाट अध्ययन अनुसन्धानमा गई पहिचान गर्न जरुरी छ । प्रविधिको विकासले गर्दा मोटर-गाडी पनि इलेट्रिक युगमा जादै छन, त्यो बेलामा ब्याट्रीको लागि यी पदार्थ आबस्यक पर्ने भएकोले, आजको दिनमा यिनीहरुको माग उच्च छ ।

हिजो स-साना, ल्यापटप, मोबाइलमा खपत हुने ब्याट्रीमा प्रयोग गर्दा त, ति पदार्थहरुको माग उच्च थियो भने, गाडीको इलेकटि्रक युगमा रुपन्तरण हुने अबस्थामा माग के होला ? शक्तिराष्ट्रहरु उक्त महत्वपूर्ण पदार्थका अलवा अरु मुल्यवान वस्तुहरु पनि चन्द्रमाको सतहमा रहेको अनुमान गरीएकाले, त्यहाबाट पृथ्बीमा झार्नको लागि स्पेश इलिभेटरको अवधाणालाई मुर्त रुप दिन अघि बढदै छन् ।

त्यसैले, भविष्यमा शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा निकलजन्य खनिजका लागि पनि हुन सक्ने देखिन्छ । किनकी रुस-युक्रेन युद्ध सुरु भएपछि निकलजस्ता धातुको मूल्य आकासिदा लन्डन मेटल एक्सचेन्जमा त्रास उत्पन्न गराइसकेको छ । खनिज सम्पदाको महत्व कति छ भन्ने कुरा युक्रेनमाथिको आक्रमण रोक्न अमेरिका र उसका सहयोगी देशहरुले क्रेम्लिनमाथि कडा प्रतिबन्ध लगाए पनि युरोप रुससँग तेल र ग्यास किन्न बाध्य छ । नेपालमा पानी पनि महत्वपूर्ण स्रोत हो, र अब यसको अझ उपयोग बढ्ने दिन आउन सक्छ ।

हिजोको दिनमा पानी पिउन, सिंचाई गर्न, सरसफाई र उर्जाको निम्ति मात्र प्रयोगमा थियो भने, अब इन्धनको रुपमा प्रयोग हुने दिन त्यति टाढा छ जस्तो लाग्दैन । प्रविधिले पानीमा रहेको हाईड्रोजन र अक्सिजनलाई टुक्राई हाईड्रोजनमा रुपान्तरण गरी हाम्रै नदीको पानीले गाडी कुदने दिन आउदा हाम्रों पानीको स्रोतको उपयोग अझ बढ्नेछ । किनकी, समुन्द्रको पानीमा हेभी मेटल तथा अरु बस्तुहरुको मिश्रण हुने भएकोले उक्त प्रविधिलाई प्रयोग गर्दा व्यवहारीक समस्या आउन सक्छ ।

अर्कोतिर डाडा-पहाडमा हुर्केको हामी यिनै डाडा नै बिकासको बाधक हो कि जस्तो लाग्थ्यो । तर यिनै डाडा-पहाडले नै भबिस्यमा हामीलाई धनि बनाउन सक्ने आधार पनि छ । अबको विकास निर्माणमा नदिजन्य पदार्थले मात्र बिश्व बजारमा निर्माण सामग्रीको माग थेग्न सक्दैन । यसको लागि भर डाडाको नै हो । अझ बाताबरणीय असन्तुलनले गर्दा हिमालको हिऊ पग्लने र समुन्दको सतह बढ्ने क्रम जारी छ। त्यसैले, केहि दसकपछि बिश्वका केहि प्रमुख सहरको अस्तित्व नै संकटमा पर्ने वाला छ ।

ठाउँ हुनेले नयाँ ठाउमा शहर बसाल्न सक्लान, तर यो पनि ठुलो खर्चिलो हुन् जान्छ । ठाउँ नहुनेले समुन्द्री तटबन्द बनाउन वा कृतिम टापू बनाउनु पर्नेछ । यसको लागि चाहियो ढुंगा माटो, हाम्रै छिमेकि मुलुक भारतलाई पनि विकास निर्माणको लागि यस्ता सामग्रीको अत्यधिक माग छ । बिदेशमा लामो समय बिभिन्न मुलुकको उपनिवेश भएको एक रास्ट्र घुम्ने मौका पाउदा, मैले सर्ग्हालय घुमेको थिंय । जुन पहाडमा थियो र सुन खानीसँग सम्बन्धित थियो ।

पहाडलाई सुरुंगको स्वरुपमा छिया-छिया बनाई त्यो रास्ट्रको दोहोन गरेको देख्दा लाग्यो, हामी नेपाली धेरै नै भाग्यमानी हो कि जस्तो । जे भएपनि हाम्रो पुर्खाले यो जमिन कसैको अधिनमा हुन् दिएनन । यो हिसाबले हृमम्रो देश भर्जिन ल्याण्डको रुपमा अझै छ । यी ठुला-ठुला पहाडमा के ढुंगा माटो मात्र होला र ? हामीले पहाड सुहाउदो फलफुल र अन्य बालीको विकास वा उत्खननको चरणमा जानै नसकेरा मात्र हो । जे-भएपनी हाम्रा यी पहाडहरु भबिस्यमा मुल्यवान हुने नै छन् ।

हामीले सतहमा भएको स्रोतमात्र राम्रोसँग परिचालन गर्न सकेको भए, आज नेपालको उपस्थिति नै अर्कै भैसक्थ्यो । कृतिम र सतह भित्रका स्रोतको उपयोग हुन् सक्ने आधार पनि भबिस्यमा बन्दै गर्लान, मुख्यत हामीले हाम्रो खनिज बस्तुहरुको सहिसँग पहिचान गर्नु आवस्यक छ । तर, चन्द्रधरातलिए बस्तुको उपयोग हाम्रो लागी हाललाई टाढाको बिषय हो । जे-भएपनी, नेपालमा स्रोतको सम्भावना भएकोले र यो रणनितिक महत्वको ठाउँमा अबस्थित भएकोले थिती बसाल्न र ब्यवस्थापन गर्न हामीले सकेनौ भने, हामी पनि लामो द्वन्दमा फस्न सक्छौ ।

स्वार्थको टकराबले भविष्यमा शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा नेपालमा पनि हुनसक्छ। हामीले युक्रेनमा भएको लडाइ देखिरहेका छौ । ताइवानलाई लिएर अमेरिका र चीनको टकराब पनि देखिरहेका छौ । ताईवानलाई यी दुवै शक्तिले किन महत्व दिन्छन त ? किनकी, आजको दिन सम्म आइपुग्दा बिश्वजगतलाई चाहिने सेमिकन्डटरजन्य सामग्री जस्तै चिप्सहरुको आधा जस्तो हिस्सा ताईवानले लिदै आएको छ । त्यसैले गर्दा शक्तिराष्ट्रहरुको प्रतिस्पर्धाको स्वार्थ यहाँ पनि लुकेको छ ।

आजभोली, कुनै एक क्षेत्रमा पाइने खनिजको राष्ट्रव्यापी र बिश्वव्यापी महत्व र उपयोग हुन सक्ने भएकाले नेपालले पनि सहि खनिज उपयोग नीति बनाई सोहीअनुसार तिनवटै सरकारहरुले व्यवस्थापनको नीति लिई वातावरणीय समस्या र नयाँ पदार्थहरुको पहिचान गर्न सक्नुपर्छ, जस्ले गर्दा केन्द्रीय तथा स्थानिय सरकारहरुको आय विस्तारमा पनि उपलब्ध खनिजले काम गरोस । अन्त्यमा, आश गरौ चुनाब पछि आउने नया सरकारले नेपालको प्राकृतिक स्रोतहरुलाई नै प्राथमिक्तामा राखी उधोगमा रुपान्तरण गरी बिकासमा छलांग मार्दै जान सक्ने आधार बनाउन सकोस ।

(लेखक : न्यानो ल्याब, ताईवान, पदार्थीय ल्याब, द. कोरिया, न्युट्रो ल्याब, अमेरिका हुँदै हाल पदार्थीय ल्याब ब्राजिलमा आणविक र चुम्बिकीय न्यानो म्याटरियल्स हाईब्रिड प्रबिधि विकास सम्बन्धि बैज्ञानिक अनुसन्धानमा आबद्व छन् ।)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker