वैवाहिक बलात्कार र यौनसम्बन्ध

नवराज न्यौपाने 'मौन'

हालसालै नेपालका एकजना बहालवाला जिल्ला न्यायाधीश श्रीमतीको उजुरीका कारण वैवाहिक बलात्कारका अभियुक्त बने । उजुरी पर्नासाथ निलम्बित भए र फैसलापश्चात् दोषी करार पनि भए । उनको शीमतीसँग राम्रो सम्बन्ध थिएन र सम्बन्धबिच्छेदको मुद्धा अदालतमा विचाराधीन थियो ।

वैवाहिक बलात्कार वैवाहिक जीवन पछि महिलामाथि हुने घरेलु तथा यौन हिंसा हो । संसारभरि नै यो अमान्य रहेकोछ; महिलामाथि हुने अत्याचारसँग सम्बन्धित वैवाहिक बलात्कार बिसौँ शताब्दीको मध्यतिर प्रकाशमा आएको हो । अझै पनि कतिपय देशहरूमा भने यसबारे नियमहरू बनिसकेका छैनन् ।

महिलालाई यौन चाहना नहुने, हरबखत महिलाले पुरुषको यौन चाहनालाई पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमतीले श्रीमानको आज्ञा मान्नैपर्ने विश्वभर प्रचलन रहेको छ । यस धारणालाई पश्चिमा मुलुकहरूमा सन् १९६० र ७० को दशकमा नारीको शारीरिक अधिकार नारीमा नै हुने चेनता अभिवृद्धि गरिए । पूर्वीय युरोप र स्क्यानडिनिभियन देशहरूमा सन् १९७० भन्दा पहिले नै वैवाहिक बलात्कार बारे कानुन बनिसकेको थियो । अर्धविकसित मुलुकहरूको यसतर्फ सन् १९९० र सन् २००० तिर ध्यान गएको पाईन्छ ।

नेपाली समाजले विवाहपछि श्रीमान सँगको यौनसम्पर्कलाई मात्र मान्यता दिन्छ । तर, नेपालको कानुनले भने लोग्ने–स्वास्नीबीच पनि सहमति नभई यौन सम्बन्ध स्थापित गर्न नहुने व्यवस्था गरेको छ । सहमति विपरीत भएको यस्तो सम्बन्धलाई दण्डनीय मानेको छ ।

मुलुकी ऐनअनुसार कुनै पनि महिलाको सहमतिबिना गरिने जबर्जस्ती यौन सम्बन्ध बलात्कार हुन्छ । जसमा श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौन सम्बन्धलाई वैवाहिक बलात्कार मानिएको छ । यसमा दोषीलाई ३ महिनदेखि ६ महिनासम्म कैद सजाय हुने प्रावधान रहेको छ ।

हाम्रो देशमा वर्तमान समयमा पढाइ,जागिर र रोजगारको शिलशिलामा विवाहित युवायुवतीहरु देशका विभिन्न भागमा एक्लै पुगेका हुन्छन् । त्यसको तथ्याङ्क राखिएको हुँदैन । त्यस्तै भारतले २० वर्ष अघि नै ६० लाख नेपालीले भारतमा रोजगारी पाएको तथ्याङ्क सार्वजनिक गरेको थियो । अर्थ मन्त्रालयले हालसालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५९ लाख नेपालीहरु वैदेशिक रोजगारको निम्ति भारत बाहेकका अन्य देशमा गएका छन् ।

यसरी विदेश जानेहरुमा युवावर्ग नै रहेका हुन्छन् । यसरी विदेश जानेहरु र घरमा एक्लै बस्नेहरुले यौनलाई आवश्यकता ठानेर अन्य व्यक्तिसँग यौनसम्बन्ध गाँसेका पनि देखिन्छन् । यही अवैध सम्बन्ध र आर्थिक हिनामिनाका कारण आफ्नो घर फर्केपछि श्रीमान श्रीमतीका बीच मनमुटाव उत्पन्न हुन पुग्छ ।

पति-पत्नीबीच राम्रो सम्बन्ध कायम हुन सकेन भने इच्छा अनुसार यौन सम्वन्ध राख्ने काम पनि बन्द हुन पुग्छ र रीसइवी साँध्न पत्नीले पतिविरुद्ध् वैवाहिक बलात्कारको मुद्धा दर्ता गर्न सक्छन् । जब आफ्नो जावनसाथीको इच्छा विपरित यौनसम्पर्क राख्नु हुँदैन भन्ने नियम पुरुषलाई लागू हुन्छ भने आफ्नो श्रीमान बाहेक अन्य व्यक्तिसँग यौनसम्पर्क गर्नु हुँदैन भन्ने नियम महिलालाई पनि लागू हुनु जरुरी छ ।

यौनसम्पर्क श्रीमान् र श्रीमती दुवैको प्राकृतिक आवश्यकता हो । महिलाले आफ्नो यौनअधिकार प्रति सचेत हुने र पुरुषले पनि बिहे गर्नेबित्तिकै श्रीमती माथि यौनअधिकार जमाउन पाइन्छ भन्ने नसोचे दाम्पत्यजीवन सुखी र दीगो हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker