४९ महिना पछि स्वदेश फर्कदा ….
सन्तोष अधिकारी/युरोप

दुवइको १२ घण्टा लामो ट्रान्जिटले शरिरमा थकाई र आलस्यता त चलिरहेकै थियो । तर पनि ४९ महिना पछि सुन्दर मातृभुमि नेपाल चुम्न पाउने कौतुहलताले मलाई थप बेचैन पनि बनाई रहेकै थियो । पौन चार घण्टाको दुवइ काठमाण्डौको यात्रा मेरा लागि ४ बर्षनै पर्खन परे जस्तो भईरहेको थियो । अर्थात मातृभुमिको माटो चुम्न अति आतुर थिएं । सांझको करिब सात बजे तिर जव साथी नविनको साथमा हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्लियौं त्यसपछि विस्तारै सुरु हुदै गयो देशको बदलिएको चित्र र चरित्र हेर्ने क्रम । जुन बाहिर रहंदा सुनेका थियौं । पढेका थियौं, स्त्रिmनमा हेरेका थियौ । तर यथार्थमा देखिएको थिएन । भोगिएको थिएन ।
४९ महिना अघि कोपेनहेगन उडदा ताको भन्दा केही फरक त अवश्य थियो विमानस्थल भित्रको ब्यवस्थापन र सुन्दरता । तर जबजब बाहिर आयौं तब मात्र महसुस गर्न थालियो राजधानी बाटै देशको सिंगो चित्र अनि चरित्र पनि । कोरोनाले थिलो थिलो भएको शहरमा ग्राहकको पर्खाइमा रहेका थरिथरिका उहि ट्याक्सी, होटल मालिक अनि होटलका कर्मचारी, उस्तै तछाडमछाड, उस्तै चिच्याहट । म सोचमग्न भएं चरित्र उहि पाएकोमा म खुशी हु कि दुखि । यत्तिकैमा एउटा टयाक्सी पक्रियौं अनि होटल तिर लाग्यौं । सायद कोरोनाको कहरले पनि होला होटलको हाल बेहाल जस्तै थियो ।
हामीलाई पाउदा उनीहरु हप्तौंदेखिको भोको बाघले आहार भेटे जस्तै गरी खुशी भए । अर्थात उनीहरु हामीलाई भोको बाघले जस्तै मिलाइ मिलाइ किस्ता किस्तामा फकाई फकाई चुस्न चाहन्थे । अनि आउदा केहि दिनको भोक हामी बाटै टारेर ढुक्क भएर बस्न चाहन्थे। छिटै अघाउन चाहन्थे । भोलीपल्ट पोखरा जाने योजनाका साथ सोही होटलमा खाना खाएर रात बिताईयो । विहान गाडीको चर्को हर्नसंगै न्रि्रा पनि खुलि सकेको थियो । जव बिहानै उठेर एक फन्को गोंगबु आसपास डुलियो, अनि दिमागमा बदिलिएको सिंगो काठमाण्डौंको चित्र कोर्न र हेर्न धेरै समय लगाउनै परेन ।
विहान खाना खाइ सकेपछि हामीले चेक आउट गर्ने निधो सहित होटलवाला संग बिल माग्यौं । तब काठमाण्डौंको अर्को नबदलिएको चरित्र फेरी अनुभुत गर्न पायौं । अघिल्लो सांझ ६ सय भनिएको कोठालाई बिल बनाउँदा २५ सयको बनाइयो । खाना, सामान्य पेय पदार्थ को मुल्यको त चर्चा नै नगरौं । जव कि ती रुमको मुल्य ६ सय तीर्न पनि उपयुक्त थिएन । न सरसफाई, न नुहाउने पानी, न शौचालयमा साबुन ।
वास्तवमा एउटा अति सामन्य स्तरको होटलमा हुनुपर्ने सामान्य मापदण्ड पनि पुरा गरिएको थिएन । हामी संग होटल फेर्ने विकल्प हुँदा हुँदा पनि महामारीको यो बेलामा समस्याकै कारण होटलले यो सब ब्यवस्थापन गर्न नसकेको होला भन्ने सकरात्मक सोचका साथ हामीले त्यहां नै बस्ने निधो गरेका थियौं । किनकी हाम्रो सामान्य खर्चले यो अवस्थामा थोरै भएपनि होटल सञ्चालक लाई राहात पुगोस भन्ने हाम्रो चाहाना थियो।
हाम्रो हार्दिकता र सकरात्मकतालाई उनीहरुले केही घण्टा पनि टिक्न नदिइ तुषरापात गरिदिए । जान जान ठगिएको थाहा पाएर पनि हामी यो मुल्य तिर्ने कि नतिर्ने दोधारमा पर्यौं । मुल्यमा बार्गेनिड गर्नुको पनि कुनै अर्थ थिएन । लागात भन्दा धेरै बिल थमाइएकोले जति घटाए पनि ठगिने निश्चित नै थियो । हामीले भ्याट बिल माग्यौं उनीहरु त्यो दिन राजी भएनन । हामीले प्रशाशनलाई खबर गरेर कार्बाही गर्र्छौं भन्यौं उनीहरु टसमस भएन्न । लाग्थ्यो उनीहरुको ठगीलाई प्रशाशनले केहि गर्नै सक्दैन । गर्ने नै छैन । आफुहरु जाना जान ठगिएको बतायौं । उल्टो उनीहरु यति विलमा तंपाईहरु जस्तो ले बार्गेनिड गरेको नसुहाउने भन्दै प्रभावित बनाउन कोशिश गरि रहे । उनीहरु हामीलाई ठग्न पाएकोमा गर्ब गरिरहेका थिए ।
बास्तवमा उनीहरु कुनै पनि ग्राहकलाई आफुखुशी मुल्य लगाउन स्वतन्त्र देखिन्थे । अनि त्यो आम्दानीको कर राज्यलाई नतिर्न पनि उनीहरुलाई पुर्णतः छुट रहेछ । अन्ततः हामी उनीहरुले थमाएको विल तिरेर त्यहाबाट हिडयौं । उनीहरुको कन्फिडेन्ट देख्दा प्रशाशनलाई बोलाएर कार्बाहीको सिफारीस गरिए पनि त्यसले कुनै अर्थ राख्ने देखिएन । थप बिबाद गरि राख्दा जोसिएका र मातिएका उनीहरु हातपात गर्न सम्म नउत्रिएलान भन्न सकिदैन्थ्यो । बितेको चार बर्षमा वाग्मतीमा धेरै पानी बगि सकेको थियो । तर बाग्मती आसपास आएर बस्नेहरुको नियत र नियती बदलिएको रहेनछ । म यो सब देखिंरहंदा भित्र भित्रै आम जनताले गर्ने गरेको गुनासो सम्झिएर आश्चर्य चकित पनि भए ।
कहिले खुशी त कहिले निराश पनि भए । देश बदलिएन, नेताले देश बिगारे, शुशाशन, अनुशाशन र पारदर्शिता कतै भेटिएन भन्ने आम जनताको गुनासो र स्वघोषित अभियान्तहरुको चर्को भाषण सम्भिmएर आफैले आफैलाई लज्जित भएको महसुस पनि गरे । किनकी हामी जहाँ जहाँ ठगि रहेका थियौं ती ठग्नेहरु संग बालुवाटार सिंहदरबार वानेश्वरसंग कुनै साइनो र सम्बन्ध थिएन । अर्थात आम रुपमा देश बिगारेको आरोप खेपि रहेका मन्त्री सांसद या नेता थिएनन । हामीलाई थमाइएको नक्कली बिलमा कुनै सांसदको सिग्नेचर थिएन ।
हामीलाई तानातान गर्ने ट्याक्सीवाला मध्ये कुनै पनि मन्त्री थिएनन । थिए त नचिन्नेहरुका निम्ती एक सर्बसाधारण अनि हाम्रा निम्ती ठगहरु । अब आफै भन्नुस नेताले देश बिगारे भनेर चर्को चर्को आलोचना गर्ने हामीहरु आफै चाही कति सज्जन र इमान्दार छौं ? आफै जस्तै गरिब निर्धा र कमजोरहरु लाई खुलेआम लुट्न पाउदा आनन्दको स्वास फेर्ने हामीहरुलाई नेताले देश बिगारे भन्ने नैतिकता छ कि छैन ? इमान्दारीता राजनिती गर्ने नेतामा मात्र हुनुपर्ने हो कि नेतालाई गाली गर्ने हामीमा पनि ? यो त एउटा प्रतिनिधीमुलक उदाहरण मात्र हो ।
तपाई जहाँ जानुस सक्नेले नसक्नेलाई बुझ्नेले नबुझ्नेलाई पाइला पाइलामा ठगिरहेको छ हिजो जस्तै आज पनि । अब कल्पना गर्नुस के नेतालाई गाली गरेकै भरमा देश सुध्रेला त ? आफ्नो स्तर र औकात अनुसार भ्रष्टचार गर्ने हामीहरु सबै उत्तिकै जिम्मेवार छौं । सक्नेले लुटेर त नसक्नेले लुटिएर जिउनुपर्ने हाम्रो विवशता र नियतीको अन्त्य गर्न नेता होइन हामी आफै सज्जन हुनुको विकल्प छैन । अनि आफुखुशी गर्न पाउनुपर्ने स्वच्छन्दता र स्वतन्त्रता के कानुनको कुनै दफा या धारामा उल्लेख गरिएको छ ? सानालाई ऐन ठुलालाई चैन भन्ने उखानलाई पनि जनताले माथ ख्वाई सकेका रहेछन । एउटा औला अरुलाई ठडयाई राख्दा चार वटा औला आफु तिर ठडिएको ख्याल नराख्ने हामीहरुले अरुलाई गाली गर्नै नैतिकता राख्छौ कि राख्दैनौ ? हो यो सोचनिय बिषय छ ।
भनिन्छ संसार बदल्नु छ भने सुरुवात आफै बाट गर्नुपर्छं । यदि हामी आफु बदलिदैनौ भने नेताले देश बदलेनन भनेर आलोचना गर्नु निरर्थक हुनेछ । वास्तवमा केहि हद सम्म भएपनि पश्चिमाहरुको संस्कार, नैतिकता र इमान्दारीता देखेकाले जनस्तर बाटै मौलाएको भ्रष्ट प्रवृत्ती देख्दा आफै किमकर्तब्यविमुढ भएं । हो पावार पहुच हुनेहरुले ठुलै परिमाणमा भ्रष्टचार गरेका होलान । तर पहुच नभएका हरुले अझ आफु भन्दा पनि कमजोर र निर्धाहरुलाई दिनदाहडै ठगेको देख्दा, नंग्याएको देख्दा, एकछिन आफैले आफैलाई चिमोटें । सोचें साँच्चै हामी कस्तो संस्कार र संस्कृती निर्माण गर्दैछौं ? म निरुत्तरीत भए ।
यहाँ जति ठगिएका छन, पिल्सीएका छन, पिसिएका छन सबै वांच्नकै लागि खाना संघर्ष गर्नेहरु छन । जसको राज्यका कुनै पनि निकायमा न पहुच छ न पावार । अब आफै सोचौ त, आफु भन्दा पनि कमजोरलाई ठगेर र नंग्याएर थुपार्ने धनले के तंपाइ हामीलाई आत्म सन्तुष्टी मिल्ला ? हो यर्सथ सुसंस्कृत काठमाण्डौका लागि काष्ठमण्डपले चरित्र बदल्नैपर्छ । रुप फेर्नै पर्छ । ढिला नगरी सच्चिनैपर्छ । नत्र तंपाई लुटनेहरुले आफु भन्दा कमजोर लाई लुटेर कहिल्यै तंपाईको अन्तर आत्मा खुशी हुनेछैन । नपत्याए एक पटक आफैले आफैलाई प्रश्न गर्नुस । अनि आफै भित्र उत्तर खोज्नुस । अनि थोरै काठमाण्डौको चित्रको पनि चर्चा गरौ ।
पानीजहाज आउला, सुरुड मार्ग बन्ला, रेलको डिपिआर पनि तयार भईरहेकौ होला, ठुला ठुला बहुराष्टिय कम्पनीहरु पनि सञ्चालन होलान । तर यी सबै भई राख्छ भनि राख्दा पनि धुलाम्मे काठमाण्डौले आफनो चित्र भने बदल्न सकेको रहेनछ । विमानस्थल नै बन्द गर्नु पर्ने गरी तुवालो ढाकिने विवशताले छोडेको रहेनछ । सडक नै जाम गर्ने गरी ओहोर दोहोर गर्ने भुस्याह कुकुरको हुल पनि बढदो रहेछ । सडेगलेका खाना र प्लाष्टीक खाएर शहरमै चर्नु पर्ने गाईगोरुको बाध्यता अझै उस्तै रहेछ । चित्र बदल्ने ठुला ठुला सपना त बांडी रहेकै छौ । देखि रहेकै छौ । तर विडम्वना कसरी पत्याउने यो सब होला भनेर ।
किनकी दशकौ देखिका सामान्य समस्या ज्युंका त्यु छन । केवल छन त सपनाका चाड मात्र । खै यसरी कसरी बदलिएला नेपालयः को चित्र । सगरमाथाको चुचुरो चुम्ने पहिलो पाइलाको आरम्भ पनि आखिर आफनै घर बाट हुन्छ होइन र । तर्सथ चित्र बदल्ने हो भने पनि कम्तीमा बदल्ने सक्ने बाट सुरु गरौं । बदल्नै पर्ने बाट सुरु गरौं । यसो गर्दा बदल्छु भन्नेहरुको नै विश्वास बढनेछ। नत्र केवल कथा बन्नेछ त्यो पनि मिथ्य ।
यसो भनि राख्दा हामी कत्ति पनि बदलिएकै छैनौं । बदलिनै सक्दैनौं भन्न खोजेको पनि होइन । समृद्धी र विकासका लागि जति काम भई राखेका छन । जति सकरात्मक प्रयास भएका छन ती कम प्र्रशंशनीय छैन्न । चेतना र आलोचनात्मक चेतको स्तर पनि जनस्तरमा बढदो छ । हो हामी अंध्यारो बाटो उज्यालो तर्फ जान संघर्ष गरी रहेकै छौ । तर संघर्षलाई सार्थक विन्दुमा पुरयाउन हामी आफै पहिला बदलिनुको विकल्प छैन ।
मात्र अहिले लाई सपनाका थानाहरु मात्र नबांडौं । गर्न सकिने र गर्नुपर्ने परिबर्तनको साना काम बाट चित्र बदल्न सुरु गरौं । अनि नेतालाई मात्र गाली गरेर होइन । आफु भन्दा पनि निर्धा र कमजोरहरुलाई चुस्न बन्द गरेर चरित्र बदलौं । वसः यति भयो भने विस्तारै देशको चित्र अनि चरित्र फेरिंदै जानेछ । आजका सभ्य, समृद्ध र सुसंस्कृत देश पनि कुनै बेला हाम्रो जस्तै थिए । यर्सथ हामी पनि आजैबाट बदलिनै प्रण गरौं ।










