म्याग्दे गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भञ्ज्याङ समाचारदाता/थर्पु

म्याग्दे गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम म्याग्दे ५ को वडा कार्यालय थाङदीमा सम्पन्न गरेको छ । जनताको गुनासो र गाँउपालिकाका प्रतिको अपेक्षा सुन्नका लागि सुनुवाई कार्यक्रम उक्त वडामा सम्पन्न गरिएको छ ।

गाउ“पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, सरोकारवाला, टोल अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

गाँउपालिकाले श्रावण देखि कार्तिक महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । सुशासन र जिम्मेवारीता वहन अर्न्तगत गाँउपालिकाको कमी कमजोरीका बारेमा जानकारी लिनका लागी गाँउपालिकाले नागरिक सँग सुझाव र सल्लाह मागेको थियो ।

गाँउपालिका आफै पनि जनउत्तरदायी हुदाँ हुदै पनि अझ परिस्कृत बनाउने प्रयास स्वरुप र्सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । यसैगरि कार्यक्रममा पालिकाका विषयगत प्रमुखहरुले आफनो क्षेत्रका प्रगती विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय समुदायले गाँउपालिकाको काम, कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा जनताका प्रश्नको उत्तर सम्बन्धित निकायका विषयगत प्रमुखबाट दिइएको थियो ।

यस्तै, गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिकाले काम गर्दागर्दे जनताको अपेक्षा अनुरुप काम कारवाही नभएको हुन सक्ने हुँदा जनअपेक्षा के छ भन्ने बुझ्नका लागी नागरिक सुनुवाई कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘गाउँपालिका जनताको आवश्यकता पुरा गर्न र बिकास निर्माणमा सधै हातेमालो गरेर अगाडी बढ्न चाहान्छ । त्यसैले आफ्नो सुझाव सल्लाह हामीलाई दिनुहोला । हजुरहरुको अपेक्षा अनुरुप अध्ययन गरी कार्य अगाडि बढाउनेछौं ।’

गाउँपालिकाले आवश्यक नियम कानुन र कार्यविधी निर्माण गरेर अगाडी बढेको उनले बताए । यस्तै, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनताको सुख दुखमा सधै साथ-साथ हिड्न बताए । उनले भने, ‘जनताको चाहना पुरा गर्नु नै हाम्रो कर्तव्य हो । कमी कमजोरी सच्चाएर पालिका समृद्ध बनाउन हामी तत्पर छौ । त्यसैले हाम्रो कमी कमजोरीलाई औल्याई सुझाव दिनुहुन अनुरोध गर्दछौ ।’

गाउँपालिकाका कुनै पनि कर्मचारीलाई राजनीतिक नगर्न निर्देशन दिंदै गाउँपालिकामा उत्पादन र श्रमलाई सँगै लैजान खोजेको हुदाँ राजनैतिक आग्रह पुर्वाग्रहमा पालिका नरहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker