आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण, सिसाघाटबाट तीन जिल्लाका नागरिकले सेवा लिदै

तनहुँ : तनहुँको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको छ । उपचार विधि प्रभावकारी भएकाले यसतर्फ बिरामीको आकर्षण बढेको हो ।
एलोप्याथिक औषधि गर्दा पनि रोग निको नभएर सास्ती खेपेका अधिकांश बिरामी यहाँ आउने गरेको चिकित्सालयले जनाएको छ । तनहुँसहित छिमेकी जिल्ला कास्कीको रुपाकोट, लमजुङको मध्यनेपाल लगायत स्थानबाट उपचारका लागि यहाँ आउने गरेका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिए ।
उनका अनुसार चिकित्सालयमा दैनिक करिब ७० जना बिरामी उपचारका लागि आउने गरेका छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसहरूको आकर्षण बढ्न थालेको चापागाईले बताए ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म गरी छ महिनाको अवधिमा १४ हजार ५९५ जनाले स्वास्थ्य सेवा लिएका छन् । साउन महिनामा एक हजार ९०६, भदौमा दुई हजार ३४७, असोजमा दुई हजार ३१४  जनाले स्वास्थ्य सेवा लिएका छन् । यस्तै, कात्तिकमा एक हजार ८७९, मङसिरमा तीन हजार २४२ र पुसमा दुई हजार ९०७ जनाले सेवा लिएका छन् ।
औषधालयबाट उपचार लिनेमा महिलाको संख्या धेरै रहेको छ । आठ हजार ७८१ महिला र पाँच हजार ८१४ जना पुरुषले उपचार सेवा लिएका वरिष्ठ कविराज निरीक्षक चापागाईले जानकारी दिए ।
विशेष गरी उपचारमा आउने बिरामीमा ग्याष्ट्रिक, प्यारालाइसिस, बाथ, छालासम्बन्धी बिरामीको संख्या अधिक हुने गरेको वैद्य निरीक्षक सोमकान्त पौडेलले बताए। यहाँबाट बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी तथा शिशु सेवा, क्षारसूत्र विधि, प्रयोगशाला, फिजियोथेरापी र शिरोधारालगायत सेवा प्रवाह भइरहेका उनले बताए ।

तीन जिल्लाका नागरिक लाभान्वित

यस्तै, जिल्लाको व्यास नगरपालिका–६ स्थित सिसाघाटमा आयुर्वेद औषधालयको नवनिर्मित भवन निर्माण गरिएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको रु एक करोड ४१ लख ३८ हजार ९८ लागतमा भवन निर्माण गरिएको हो ।
उक्त औषधालयबाट तनहुँसहित छिमेकी लमजुङ र कास्की जिल्लाका बासिन्दालेसहज रूपमा सेवा लिन थालेका छन् । उक्त भवनको केहीदिन अघि नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।
उद्घाटन पछि नागरिकलाई उपचार सेवा दिन थालिएको व्यास–६ का वडाध्यक्ष एवं शिशाघाट आयुर्वेद औषधालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास–६ र ७ का बासिन्दासहित छिमेकी जिल्ला लमजुङको मध्यनेपाल, भोर्लेटार र कास्कीको रूपा गाउँपालिकाबाट सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।
औषधालयमा दैनिक २० जना उपचारका लागि आउने गरेका औषधालयका इन्चार्ज सरोज मिश्रले जानकारी दिए । उनका अनुसार स्वास्थ्य परीक्षण, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन, मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत स्तनपायी आमाका लागि दुग्ध उत्पादक औषधि वितरण, स्नेहन स्वइदन र शिरोधरालगायत सेवा प्रदान गरिएको छ ।
उनले भने, “औषधालय सुरुका चरणमा रहेकाले पञ्चकर्म विधिबाट गरिने उपचारमध्ये अहिले पूर्वकर्म मात्रै गर्ने गरिएको छ । क्रमशः सेवा विस्तार गर्दै लैजाने योजना छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker