मर्स्याङ्दी नदीमा तनहुँका मदन घिमिरेको शव भेटियो

भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङदी नदीबाट सशस्त्र प्रहरीको गोताखोरले एक जनाको शव निकालेको छ।

उक्त शव गत फागनु १२ गतेदेखि बेपत्ता भएका आँबुखैरेनी गाउँपालिका-३ बस्ने ३६ वर्षीय मदन घिमिरेको भएको सशस्त्र प्रहरीका डीएसपी एवं प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनले प्रयोग गरेको ग२३प ३१३८ नम्बरको स्कुटर तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका डम्पिङस्थित नदीको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी नदीमा हराएको आशंका खोजतलास गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।

त्यसबारेमा जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानीभित्र फेला पारी बाहिर निकालेको प्रहरीले बताएको छ ।

यस्तै, उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker