पर्यटकीय गन्तव्यस्थल बन्दै तनहुँको आँबुखैरेनीस्थित ‘ऐनापहरा झरना’

गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा एउटा मनमोहक झरना छ । हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐनापहरा झरना पर्यटकको आकर्षक गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको हो । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिका–३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“काठमाडाँै, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारणहरु सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “यात्राका क्रममा हुने थकान मेटाउने गन्तव्य बनेको छभन्दा पनि हुन्छ ।” यसका अलवा जिल्लाभित्रकै आन्तरिक पर्यटक पनि ऐनापहरा झरनामा आउने गरेका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । जसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँधुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँधुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको बताइन्छ ।

म्याग्दे गाउँपालिका–७ हर्षपुरका मोहन बरालीले राजमार्गका क्रममा यात्रा गर्दा ऐनापहरा झरनामा पुगेर आराम गर्दा आनन्द आउने बताउनुभयो । “एकछिन भने पनि थकाइ मार्न आनन्द लाग्ने ठाउँ छ, राजमार्गबाटै नजिक भएकाले पनि यस ठाउँ गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ,” उहाँले भन्नुभयो ।

पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भएपछि आँबुखैरेनी गाउँपालिकाले यहाँ पूर्वाधार थप गर्ने लक्ष्य लिएको छ । ऐनापहरामा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यहाँ स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने योजना बनाइएको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ ।

गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । झरनामा दैनिक तीन सयदेखि चार सय सर्वसाधारण झरनामा पुग्ने गरेका छन् । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।

ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआर अनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ । पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भएको यस ठाउँमा केही दिनअगाडि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले सरसफाइ गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker