तनहुँको व्यास १ र ४ मा एमालेको मिसन ग्रासरुट अभियान

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार व्यास नगरपालिकाको वडा नं. १ र ४ मा वडा स्तरीय कार्यक्रम गरिएको छ । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरेको छ।

वडास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य किरण गुरुङले अभियानका बारेमा जानकारी गराएका थिए। पार्टीलाई तल्लो तहबाट मजबुत, सुदृढीकरण तथा विस्तारका लागि ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

व्यास-१ वडा कमिटी अध्यक्ष सरु कुमालको अध्यक्षता आयोजित कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य एक वहादुर राना, गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला उपाध्यक्ष हरिराज कणेल, जिल्ला कमिटी सहसचिव प्रदीप अधिकारी, नगर कमिटी अध्यक्ष तुल्सिराम पाण्डे, सचिव ज्ञानेन्द्र वसौला लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

यस्तै, व्यास-४ को बाघभञ्ज्याङमा आयोजित मिसन ग्रासरुट अभियान अर्न्तर्गतका कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य एक बहादुर रानाले अभियानका विषयमा जानकारी गराएका थिए । वडा कमिटी अध्यक्ष चिज वहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला उपाध्यक्ष हरिराज कणेल, वसुन्धरा घर्ती, ऋषिराम भुषाल, नुर महमद, तुल्सिराम पाण्डे, ज्ञानेन्द्र वसौला लगायतले अभियानका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker