तनहुँको आँवुखैरेनीको चन्द्रोदय माविले स्वर्ण उत्सव मनाउँदै

आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिका–१ समस्तिपुर स्थित चन्द्रोदय माध्यमिक विद्यालयले यही पुस २ गते स्वर्ण उत्सव मनाउने तयारी गरेको छ । स्वर्ण उत्सवका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि विद्यालयले स्थानीय तथा विभिन्न सरोकारवाला निकायसंग सहयोगको अपिल गरेको छ ।
विद्यालय व्यवस्थापन समितिले पूर्व विद्यार्थी स्मृति अक्षकोष निर्माण र स्वर्ण उत्सवको आयोजनाका लागि सहयोगको अभियान सञ्चालन गरेको छ । यस अभियानलाई आँवुखैरेनी–२ कोट निवासी (हाल हङकङ) सुनिता गुरुङले एक लाख रुपैयाँ सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य मनोज बास्तोलाले जानकारी गराए । सुनिताका बुबा सुनाराम गुरुङले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
विद्यालय स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा मनाउन लागिएको स्वर्ण उत्सवका अवसरमा विद्यालयले स्मारिका प्रकाशित गर्ने तयारी गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker