देउवा दम्पतीको अस्पतालमा उपचार हुँदै, दुवैको टाउकोमा धारिलो हतियारको प्रहार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणाको हाल एक अस्पतालमा उपचाररत छन् । उनीहरुको स्वास्थ्यस्थिति खतरामुक्त रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

मंगलबारको हिंसात्मक प्रदर्शन तथा आगजनीका क्रममा बूढानीलकण्ठस्थित देउवाको घर जलाइएको थियो । घरभित्रै रहेका देउवा दम्पतिमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए भने नेपाली सेनाले उनीहरुको उद्वार गरेको थियो । छोरा जयवीर भने त्यसबेला घरमा थिएनन् ।

देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीले लामो समय अवरोध गरेका थिए । सेनाले बल्लतल्ल मंगलबार बेलुकी काठमाडौंस्थित एक अस्पतालमा उनीहरुलाई पुर्यायो । सुरक्षाका कारण अस्पतालको नाम खोलिएको छैन ।

घरबाट सेनाले निकाल्दासम्म सामान्य शारीरिक चोटपटक देखिएका देउवा दम्पत्तिमाथि प्रदर्शनकारीले भौतिक आक्रमण गरेपछि दुबैको टाउको फुटेको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । त्यो धारिलो हतियार खुकुरी हुन सक्ने अस्पतालका चिकित्सकले अनुमान गरेका छन् ।

स्वकीय सचिव देउवाका अनुसार अस्पताल लैजानासाथ एमआरआई सहित सबै किसिमको स्वास्थ्य परीक्षण भएको थियो । बेलुकी नै दुबैको रक्तश्राव बन्द भइसकेको छ । एमआरआई रिपोर्टमा टाउकोमा गहिरो चोट नदेखिएका कारण चिकित्सकले खतरामुक्त रहेको बताएको उनले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker