तनहुँको व्यासमा एमालेको मिसन ग्रासरुट अभियान : एमाले बलियो भएमा मात्र राष्ट्रियता बलियो हुन्छ – भट्टराइ

भञ्ज्याङ न्यूज

नेकपा एमालेको मिसान ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान अन्तर्गत शनिबार व्यास नगरपालिकाको वडा नं. ६, ७ र ८ मा वडा कमिटीहरुको बैठक तथा प्रशीक्षण कार्यक्रम गरिएको छ । बैठक तथा प्रशीक्षण कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य विद्या भट्टराइले एमाले मुलुकको एउटा महत्वपूर्ण राजनीतिक शक्ति भएको बताइन् ।

राष्ट्रिय हितको संरक्षण र सम्बर्द्धन गर्ने एमालेलाई कमजोर नपारेसम्म विदेशीको हित नहुने हुँदा सबै मिलेर एमालेलाई कमजोर बनाउन लागेको उनले बताइन् । ‘देशी बिदेशी प्रतिक्रियाबादीको षड्यन्त्रले एमाले कमजोर नभई झन बलियो बन्दै गएको छ’, उनले भनिन्, ‘यसको उदाहरण गत निर्वाचनमा सबैको घेराबन्दीको बाबजुद जनताको लोकप्रिय मतमा एमाले सबैभन्दा ठुलो पार्टी बनेको छ ।’

अस्थिरतामा रमाउन चहानेहरु एमालेको विरुद्धमा लाग्ने भन्दै भट्टर्राईले जनताले नै एमालेलाई थप मजबुद र संगठित बनाउने बताइन् । उनले भनिन्, ‘अहिले सञ्चालन भएको मिसनग्रासरुट अभियानले एमालेलाई थप बलियो र सुदृढ बनाउछ’, उनले भनिन्, ‘तनहुँ क्षेत्र नम्बर १ मा बैशाख १० गते उपनिर्वाचन हुने भएको हुँदा सबै मतदाताले एमालेका उम्मेदबारलाई मतदान गरी बिदेशीले मिलाईदिएको वर्तमान सत्ता गठबन्धनको विरुद्धमा आफुलाई उभ्याउने बेला आएको छ ।’

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य विष्णुभक्त सिग्देलले देशभक्तीपूर्ण आन्दोलनको नेतृत्व एमालेले गरेको बताए । एमालेलाई कमजोर बनाएर राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने योजनालाई जनताले फेल गराउने सिग्देलले बताए । अहिले सञ्चालित मिसन ग्रासरुट अभियानले एमालेलाई एकढिक्का र थप मजबुद बनाउने सिग्देलले दाबी गरे ।

वडा नं. ६ वडा कमिटी अध्यक्ष तोप बहादुर परियार, वडा नं. ७ वडा कमिटी अध्यक्ष हरिभक्त पण्डित र वडा नं. ८ वडा कमिटी अध्यक्षर् इश्वर वहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला उपसचिव प्रदिपराज अधिकारी, जिल्ला सदस्यहरु रामजी लौडारि, कृष्ण प्रसाद न्यौपाने, अर्जुन प्रसाद नागिला, जिल्ला सल्लाहकार परिषदका अध्यक्ष ध्रुवसिँह ठकुरी, सदस्यहरु खलिल मिया, शिव पण्डित, कल्याण पण्डित, व्यास नगरपालिका कमिटीका कावा अध्यक्ष तुल्सिराम पाण्डे, युवा संघ नेपाल व्यासका अध्यक्ष अजित पन्थ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker