विकासले निम्त्याएको विनास

तनहुँको भानु नगरपालिका-१२ कबाजितको परम्परागत पैदल मार्ग वर्षासंगै आएको भलले भत्काएको अवस्थामा । गाउँमा कच्चि सडक खनिएसंगै वर्खायाममा पानी पर्दा उक्त सडकबाट आउने भलपानीले परम्परागत रुपमा प्रयोग गरिने पैदल मार्गसंगै दायाबायाँ रहेका खेतबारीमा समेत ठूलो क्षति पुर्याएको छ । संघीय सरकारबाट प्राप्त बजेटबाट भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ मार्फत स्थानीयले तारजालीको प्रयोग गरी चेकड्याम निर्माण गरी पहिरो तथा कटान रोकथामको प्रयास गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










