भण्डारीलाई बधाई दिंदै गुरुङले भने : विकास निर्माणमा मेरो जिम्मेवारी र खबरदारी रहन्छ

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीलाई बधाई ज्ञापन गरेका छन् । मतपरिणाम सार्वजनिक भएसँगै भण्डारीलाई बधाई दिँदै गुरुङले मतदाताहरुको मन जितेपनि गणितीय रुपमा मत जित्न असमर्थ रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेकपा (एमाले) फरक परिस्थितिका बीच निर्वाचनको प्रतिस्पर्धामा होमिएको तपाईंहरु जानकार नै हुनुहुन्छ । विविध अनुकूलताका बीच तनहुँ क्षेत्र नम्बर २ का मतदाताले देखाएको प्रेम, सदभाव र शुभेच्छा सदैव स्मरणीय रहनेछ । आवधिक निर्वाचन फेरि पनि आउँछ नै, तर समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारीको सदा र्सवथा भारी बोक्न तयार छु । मतदाताहरूको फैसलालाई म सम्मान गर्दछु । मलाई निरास र विचलित बनाएको छैन ।’

आभार एवं धन्यवाद !

आदरणीय तनहुँ क्षेत्र नं. २ निवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)को तर्फबाट प्रत्यासी भएको थिएँ । तर, तनहुँ २ निवासी मतदाताहरुको मन जिते पनि गणीतय रूपमा मत जित्न असमर्थ रहेँ । तनहुँ २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका मेरा प्रतिस्पर्धी, नेपाली कांग्रेस र माओवादी केन्द्रसहित पाँच दलको तर्फबाट उम्मेदवार शंकर भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

नेकपा (एमाले) फरक परिस्थितिका बीच निर्वाचनको प्रतिस्पर्धामा होमिएको तपाईंहरु जानकार नै हुनुहुन्छ । विविध अनुकूलताका बीच तनहुँ क्षेत्र नम्बर २ का मतदाताले देखाएको प्रेम, सदभाव र शुभेच्छा सदैव स्मरणीय रहनेछ । आवधिक निर्वाचन फेरि पनि आउँछ नै, तर समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारीको सदा र्सवथा भारी बोक्न तयार छु ।

मतदाताहरूको फैसलालाई म सम्मान गर्दछु । मलाई निरास र विचलित बनाएको छैन । निर्वाचनका दौरानमा मैले गरेका प्रतिबद्धता र संकल्पलाई सदा शिरमा राखेर हिँड्नेछु । संसद्को बाहिरको मोर्चा र अभियानमा तपाईंहरुसँगै रहनेछु । विकास निर्माण, सेवा प्रवाहप्रति मेरो जिम्मेवारी र खबरदारी रहने नै छ । तनहुँ क्षेत्र नम्बर २ को विकासका सर्न्दर्भमा हामीले शुरूवात गरेको नीति, कार्यक्रम र परियोजनाहरू सम्पन्न गर्न साथ, सहयोग र जोड रहनेछ ।

कास्की पुणीटारसंगै जोडिएको तनहुँ, शुक्ला-९, घारी र तनहुँ, ब्यास-५, चिन्तुटारमा केन्द्र तथा प्रदेश गौरवको औद्योगिक क्षेत्र स्थापना सञ्चालन गर्ने तथा खैरेनीटार- भिमाद-मानपुर-डेढगाउँ-त्रिवेणी जोड्ने प्रदेश गौरवको लोकमार्ग, स्याङ्जा चापाकोट-तनहुँ घिरिङ, बैंडी-देवघाट जोड्ने शाल्रि्राम करिडोर लोकमार्ग निर्माण सम्पन्न गर्ने काममा मेरो पहलकदमी र अग्रसरता रहने नै छ ।

यसैगरी गाईघाट-गल्याङ (कृष्ण मार्ग र श्रृङ्गा मार्ग) रणनीतिक मोटरमार्ग, भिमकाली मोटर मार्ग, दुलेगौंडा हर्कपुर मोटर मार्ग, कोत्रे-थप्रेक-सिन्धु मार्ग, दुलेगौंडा-लामागाँउ-बाडखोला मोटर मार्ग, माहेन्द्री मोटर मार्ग, मादी करिडर मोटरमार्ग, झापुटार-चालिसे मोटर मार्ग, मनकौरी मोटर मार्ग, दुलेगौंडा-साँखे मोटरमार्ग, खड्गकाली ढोरबराही मोटरमार्ग, ढोरबराही मोटरमार्ग, साँखे-विसौना-कोल्मा मोटरमार्ग आदि लगायत दर्जनौं रणनीतिक महत्वका मोटर मार्गहरू निर्माण सम्पन्न कार्यमा मेरो योगदान हुने जानकारी गराउन चाहन्छु ।

सबै क्षेत्रमा ‘एक घर, एक धारा खानेपानी कार्यक्रम’ सम्पन्न गर्ने, पोखराको वैकल्पिक सहरको रूपमा शुक्ला र भिमादलाई सेटलाइट सिटीको रूपमा विकास गर्ने, शुक्ला गण्डकीलाई स्वास्थ्य विज्ञान तथा शैक्षिक हबको रूपमा विकास गर्न गण्डकी विश्व विद्यालाय र विशिष्टकृत हस्पिटल स्थापना तथा सञ्चालन गर्ने र रणनीतिक महत्वका दर्जनौं सडक पुल निर्माण तथा सम्पन्न गर्ने कामलाई पूरा गर्न लाग्ने नै छु ।

एतिहासिक धरोहर, सांस्कृतिक सम्पदा कालीगण्डकी डाइभर्सन रोक्न लाग्ने छु ! मैले सदैव निष्ठाको राजनीति गर्दै आएको छु । क्रान्ति, परिवर्तन र लोकतन्त्रको निम्ति सबै व्यक्तिगत स्वार्थलाई त्यागेको छु । समाज परिवर्तनका भुमिगतकालिन कठिनभन्दा कठिन आन्दोलनका दिनहरूमा आफुलाई बलिदानीपूर्वक होम्दै आएकोछु ।

जनप्रतिनिधिहरूकरुरुो हैसियत र सरकारको भुमिकाहरू रहदा निर्विवादित र स्वच्छ छविका साथ राज्यको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेकोछु । देश र जनताको लागि सदैव समर्पित रहेको छु । देश र जनताको विकास, परिवर्तन, समृद्धि, न्याय र समानतारुको लडाइँमा मेरो सधैं साथ र सहयोग रहनेछ । अन्त्यमा नेकपा (एमाले) र मलाई विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरु, पार्टीका नेता कार्यकर्ताहरु, शुभचिन्तक, शुभेच्छुक, निर्वाचन आयोग, मतदान प्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न राजनीतिक दलका प्रतिस्पर्धी साथीहरु, सञ्चारकर्मी लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । धन्यवाद ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker