कर्जाको सावा व्याज समयमानै भुक्तानी गर्न जिल्ला सहकारी संघको अनुरोध
भञ्ज्याङ न्यूज

जिल्ला सहकारी संघ तनहुँले ऋणी सदस्यहरुलाई आफुले लगेको कर्जाको साँवा ब्याज समयमानै भुक्तान गरी संस्थालाई सहज वातावरणमा सञ्चालन गर्न सहयोग पुर्याइदिन अनुरोध गरेको छ ।
संघका अध्यक्ष प्रदीप अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामक निकायलाई पनि संस्था संचालन गर्न सहज वातावरण पुग्ने गरी ऋणी सदस्यहरुलाई निर्देशन सहितको वक्तव्य निकालिदिन अनुरोध गरेका छन् ।
विज्ञप्तिमा हामी आ.व. २०७९/८० को अन्त्यतिर छौ । यो समय लगानि गरेको कर्जा असुलिको समय पनि हो । तर्सथ सहकारीले आफ्ना सदस्यहरुसँग सम्मानित र मर्यादित तवरबाट छलफल र भेटघाटलाई घनिभुत बनाएको छ । यस्तो भेटघाट र छलफललाई सदस्यहरुले दबाब दिएको, सामाजिक प्रतिष्ठामा आच पुर्याएको महसुस गर्नु भएको छ । कतिपय सदस्यसँग नमिठो संवाद भएको छ । कतिपय सदस्यहरु नियामक निकाय, प्रशासन कार्यालयमा सिकायत गर्न पुगेका छन । नियामक निकाय र प्रशासन कार्यालयबाट ऋणी सदस्यहरुलाई दबाब सृजना नगर्नका लागि बिज्ञप्ती मार्फ वा मौखिक निर्देशन दिईएको छ । हामि सदस्यलाई दबाबमा हैन, सदस्यको साझेदारी खोजिरहेका छौ । नियामक निकायको यस्तो व्यवहारबाट कथित समुहले संचालन गरेको कर्जा भुक्तान गर्न नपर्ने आन्दोलनसँग सामिप्यता प्रकट हुन पुगेको प्रति हामि दुखित छौ भनिएको छ ।












