शुक्लागण्डकी महोत्सवमा दुई करोडको कारोबार

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव रु दुई करोड बराबरको कारोबार गर्दै सकिएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको हो ।

महोत्सवको एक लाख दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता सुजित हिराचनले जानकारी दिनुभयो । मौलिक संस्कृति, खेल र स्थानीय उत्पादन एवं व्यापार प्रवद्र्धनका लागि महोत्सव सफल भएको हिराचनले बताउनुभयो ।

महोत्सव अवधिमा भएका भलिबल प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, झाँकी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई समापन समारोहमा पुरस्कार वितरण गरिएको छ ।

गायन प्रतियोगितामा मन्दिर थापामगर प्रथम, सन्तराज विश्वकर्मा द्वितीय र पदम नेपाली तृतीय हुनुभएको छ । खुला नृत्य प्रतियोगितामा सुनिल राना मगर प्रथम, इसिका नेपाली द्वितीय र कृति गुरुङ तृतीय हुनुभएको छ ।

झाँकीतर्फ तमु समाज खैरेनीटार प्रथम, तमु समाज दुलेगौडा द्वितीय र ईश्वरी बह्मकुमारी विश्वविद्यालय खैरेनीटार तृतीय भएको छ ।

यस्तै अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । फाइनल खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो ।

उपाधिसँगै बौदीकाली गाउँपालिकाले रु एक लाख ५० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको वालिङ नगरपालिकाले रु एक लाख नगदमा चित्त बुझायो ।

तेस्रो स्थानका लागि भएको खेलमा बागलुङको गलकोट नगरपालिका तृतीय भएको छ । गलकोट र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीच भएको खेल जित्दै गलकोटले नगद रु २५ हजार प्राप्त गरेको छ । चौथो भएको शुक्लागण्डकीले रु १५ हजार प्राप्त गरेको छ ।

यसैगरी महोत्सवमै सञ्चालित खुला पुरुष ब्याडमिन्टनको उपाधि सुशील भुजेल र लक्ष्मण लामाले जित्नुभएको छ । फाइनलमा धिरज केसी र विमल बानियाँको जोडीलाई पराजित गर्दै उहाँहरुले ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभयो ।

सि लेबलको प्रतियोगितामा गाछेपानीस्थित जिअस व्याडमिन्टनका क्लबका उहाँहरु प्रथम हुन सफल भएको प्रतियोगिता संयोजक वरदान क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा बसन्त लालचन र मनबहादुर आलेको जोडी तथा विक्रम रेउले र तारा थापाको जोडी तृतीय भएको छ । प्रथम र द्वितीय हुने खेलाडीहरुले क्रमशः रु २० हजार नगद र रु दश हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । तृतीय भएको जोडीलाई भने मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलको पदयात्रालाई समावेश गरिएको थियो । महोत्सवमा घरेलु, कृषि, व्यावसायिक, रेष्टुराँ, सामाजिक संस्थालगायत कूल दुई सय १७ स्टल रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker