व्यासको दुई वडा जोड्ने निर्माणाधिन पक्कि पुलको काम गुणस्तरहीन भएपछि भत्काइयो

दमौली : तनहुँको व्यास नगरपालिका ३ र १ वडा जोड्ने पुल भत्काइएको छ । पुलन निर्माण कार्य गुणस्तरहीन भएपछि पूर्वाधार विकास कार्यालय तनहुँले भत्काएर पुनःनिर्माणको लागि निर्देशन दिएको छ । व्यास नगरपालिकाको वडा नम्बरको–३ देउरालीनगर, बिसघरे  र वडा नम्बर १ को भादगाउँ, विज्ञानचौर जोड्ने बुल्दी खोलामा निर्माणधीन पुल ठेकेदारले भत्काएका हुन् ।
मापदण्ड अनुरुपको गुणस्तर नभएपछि भत्काएर पुनःनिर्माण कार्य थालिएको पूर्वाधार विकास कार्यालय तनहुँका सिनियर इन्जिनियर रविन्द्र तिवारीले बताए । तिवारीका अनुसार दुई स्पाम मध्ये एक स्पाममाथिको ढलानकार्य तयारी गरेपनि गुणस्तरहीन कार्य भएकाले भत्काएर सुधार गर्न लगाएको तिवारीले बताए। प्राविधिकले परीक्षण गर्ने क्रममा बिममाथीको ढलान गुणस्तरहीन रहेको पाइएकोले पुनःनिर्माण गर्न लगाइएको तिवारीले जानकारी दिए ।
पिल्लर भने गुणस्तर अनुसारकै भएको उनले बताए । तिवारीले भने, ‘गुणस्तर नभएको भत्काएर पुर्न निर्माण गर्न निर्देशन दिएपछि गुणस्तर हिन भाग भत्काएर पुनःनिर्माणको काम भइरहेको छ ।’
तिवारीका अनुसार वि.सं. २०७९ सालमा सम्पन्न गर्ने गरी निर्माण कम्पनी सपना बेलुले २०७७ सालमा सम्झौता गरेपनि हालसम्म ३८ प्रतिशत मात्रै काम भएको हो ।  उक्त अवधिमा पुल निर्माण सम्पन्न गर्न नसकेपछि पुनः २०८२ जेठ ४ गतेसम्मका लागि म्याद थप गरिएको उनका अनुसार पुल निर्माणका लागि पाँच करोड दश लाख ३३ हजार बजेट विनियोजन भएको थियो ।
निर्माण कम्पनीको लापरवाहीका कारण सोचे अनुरुप कामले गति लिन नसकेको हो । दुई स्पामको यस पुलको ५० मिटर र चौडाई ८ दशमलव ४ मिटर हुनेछ। छ मिटर दुरीमा गाडी गुड्छ भने दुवै साइड १ दशमलव २० मिटरका दरले दुई दशमलव ४० मिटर पैदलयात्रुको लागि हुनेछ ।
व्यास नगरपालिका–१ विज्ञानचौर साइडमा रहेको विद्युत ट्रान्सफर्मर स्थानान्तरण नहुँदा पुल निर्माण कार्यमा कठिनाई भएकाले हटाउन लागिएको छ । व्यास नगरपालिका–१, २ र ३ वडा कार्यालय भित्र पाँच विद्यालय र एक कलेज रहेका छन् ।
वर्षायामको समयमा बुल्दी खोला ठुलो हुने भएकाले पढ्न जाने विद्यार्थी र सर्वसाधारणले कठिनाई भोग्नु परेपछि आवश्यकतालाई मध्यनजर गर्दै सो स्थानमा पुल निर्माण गर्न लागिएको  हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker