काँग्रेस महाधिवेशन : एकता र सहकार्यका लागि अध्यक्ष दाहालको आग्रह

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरुका बीचमा एकता, सहकार्य र साझा संस्कृतिका लागि आह्वान गर्नुभएको छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले २०४६ सालको जनआन्दोलनदेखि पछिल्ला आन्दोलनमा समेत साझा सहकार्यकै कारण सफलता मिलेको स्मरण गर्नुभयो । उहाँले एक्लाएक्लै हिँड्ने र अहंकार प्रदर्शन गर्नेहरु राजनीतिक रुपमा ओरालो लागेको बताउनुभयो ।

परिवर्तनलाई संस्थागत गर्न गहिरो एकता आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले एक्लै हिड्ने जस्तो अहंकार नगरी प्रतिस्पर्धा भित्र पनि एकता खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऐतिहासिक सन्दर्भहरु जोड्दै भन्नुभयो “हामीले नेपालको राजनीतिक परिवर्तनका क्रममा एकता र सहकार्य प्रदर्शन गरेका छौँ र सफल भएका छौँ ।”

शान्ति प्रक्रियामामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीको तर्फबाट आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै अध्यक्ष दाहालले काँग्रेससँग आफ्नो विशिष्ट प्रकारको सम्बन्ध रहेको बताउनुभयो ।

शान्ति प्रक्रियालाई पूर्णतामा लैजाने, लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्ने क्रममा कुनै पनि राजनीतिक शक्ति विचलित हुनुहुँदैन भन्ने तर्क गर्दै अध्यक्ष दाहालले राष्ट्रियताको रक्षाका लागि पनि सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।

निरंकुशता र तानाशाही प्रवृत्ति विरुद्धको लडाईंमा गरिएको एकतालाई जनताको चाहना अनुसारको विकास र समृद्धिका लागि समेत प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ छ । आन्दोलनका क्रममा गरिएका प्रतिवद्धतालाई सरकारमा जाँदा हामीले के कति पूरा गर्यौँ भनेर सोच्नुपर्ने बेला आएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो “किन सत्तामा पुगिपछि नेतृत्वपंक्ति आफनो प्रतिवद्धताबाट विचिलत हुन्छन्, सुशासन दिन सक्दैनन्, भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनन् भन्ने विषयमा खोजी गर्नुपर्ने भएको छ ।”

नेपालमा एउटा अनौठो र सकारात्मक संस्कृति समेत विकास भएको तर्क गर्दै अध्यक्ष दाहालले भन्नुभयो “हामीले राजनीतिक रुपमा प्रतिस्पर्धा मात्रै गरेका छैनौँ, एकले अर्कालाई प्रधानमन्त्री पनि बनाएका छौं ।” उद्घाटन समारोहमा शुभकामना दिने क्रममा भारतीय जनता पार्टीका नेता डा हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्व प्रधानमन्त्री उपस्थित हुनुलाई अनौठो संयोगको रुपमा चर्चा गर्नुभएको थियो । उहाँको उक्त भनाइप्रति धारणा राख्दै अध्यक्ष दाहालले नेपालमा नयाँ संस्कार विकास गरिएको र एकले अर्को नेतालाई प्रधानमन्त्री बनाएको उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक आन्दोलनमा संलग्न भएका, त्याग गरेका नेताको बदनाम गर्ने प्रवृत्तिले तानाशाही जन्माउने भन्दै त्यस्तो प्रवृत्तिप्रति खबरदारी गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभयो ।

देशमा राजनीतिक रुपमा अहसज परिस्थिति आउने हो कि या सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि नै आँच आउने हो कि भन्ने खतरा देखिएको भन्दै उहाँले त्यस्तो प्रवृत्तिका विरुद्ध सचेत हुँदै एकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले शान्ति वार्ताको श्रेय कांग्रेसका सभापति शेरबहादुर देउवालाई जाने भन्दै उहाँले नै पत्र लेखेर आफूलाई वार्ताका लागि आग्रह गर्नुभएको स्मरण गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker