विश्व पर्यटन दिवसको बन्दिपुरमा तयारी, सडक खाना महोत्सव गरिने
भञ्ज्याङन्यूज

पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दिपुरमा ४४औं विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्इ रुपमा मनाउने तयारी गरिएको छ ।
बन्दिपुर पर्यटन विकास समितिले विश्व पर्यटन दिवसका अवसरमा सडक खाना महोत्सव तथा स्थानीय साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको हो ।
अगामि असोज १० गते बुधबार बन्दिपुरमा ‘सडक मै खाऔ सडक मै रमाऔ, आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गरौ’ भन्ने मुल नाराका साथ विश्व पर्यटन दिवस मनाइने तयारी गरिएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।
बन्दिपुर गाउँपालिका तथा स्थानीय विभिन्न संघ संस्थाको समन्वयमा दिवसका अवसरमा बन्दिपुरमा सडक खाना महोत्सव, स्थानीय कला संस्कृति प्रदर्शन लगायतका कार्यक्रम गरी पर्यटकलाई स्वागत गर्ने तयारी गरिएको अध्यक्ष प्रधानले बताए ।










