भिमाद नगरपालिकाको भानुमतिलाई अकबरे खुर्सानीको पकेट क्षेत्रका रुपमा विकास गरिदै

भिमाद : तनहुँको भिमाद नगरपालिका–९ भानुमतिलाई अकबरे खुर्सानीको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । भानुमतिस्थित जौपानी कृषकहरूले एक सय रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गर्ने तयारी गरेका छन् ।
कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न यहाँका स्थानीयवासीले अकबरे खुर्सानी खेती गर्न लागेका हुन् । उक्त जग्गामा खेतीका लागि हाल एक लाख अकबरे खुर्सानीको बेर्ना तयार भएको पूर्व वडाध्यक्ष इमान थापाले जानकारी दिए । एक लाख ६० हजार बेर्ना उत्पादनको लक्ष्य रहेपनि कम उत्पादन भएको उनले बताए ।
उक्त खेतीबाट कृषकहरूले वार्षिक २ लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेको कृषक समेत रहेका थापाले बताए । उनका अनुसार अकबरे खुर्सानी विक्रीबाट वार्षिक रु छ करोड २५ लाख आम्दानी हुने लक्ष्य रहेको छ ।
उक्त खुर्सानीको बेर्ना फागुनको २० देखि २५ गतेसम्म सार्ने कार्यक्रम रहेको छ । उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारहरूमा विक्री गर्ने योजना रहेको छ । हाल बजारमा प्रति केजी रु तीन सयदेखि रु पाँच सय थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा कार्यालयले रु एक लाख अनुदान दिएको थियो ।
स्थानीय समेत रहनुभएका गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले खुर्सानीको नर्सरीको निरीक्षण गर्दै यस वडाका कृषकलाई नेपालकै नमुना कृषक भई देशको अर्थतन्त्रमा टेवा पु¥याउन र अरूको प्रेरणाको स्रोत बन्न आग्रह गरे ।
उक्त वडाको ८ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाडा, सखेप, जौपानी र आस्पाग्दी भाँडडाडामा अर्कबरे खुर्सानी उत्पादनको लागि पकेट क्षेत्र बनाउने लक्ष्य राखिएको वडा सदस्य शिवकुमार आलेले बताए ।
यस्तै यस ठाउँमा कफी खेतीका लागि एक लाख कफीको बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकी प्रदेशसँग समन्वय गरी किसानहरूसँग कफी उत्पादनका लागि अन्तरक्रिया समेत गरिएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकीका निमित्त क्षेत्रीय निर्देशक पवित्रा अधिकारीले यस ठाउँ कफी उत्पादनका लागि उपयुक्त रहेको बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker