सरसफाई अभियान

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बन्दीपुरले बुधबार बिहान आयोजना गरेको बन्दीपुरस्थित मणि मुकुन्देश्वरी पर्खाल (मिनि ग्रेटवाल) सरसफाई अभियानका सहभागिहरु । पर्यटन पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदै आयोजित सरसफाई अभियानअन्तर्गत मिनी ग्रेटवाल–मणिमुकुन्द पार्क, थानीमाई मन्दिर क्षेत्रको सरसफाई गरिएको थियो । अभियानमा करिब एक सय जना स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । सार्वजनिक स्थल, सडक, पाटी–पौवा तथा धार्मिक एवं पर्यटकीय क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ अभियान सुरु गरिएको नेकपा गण्डकी प्रदेश कमिटी सदस्य सुदिन पौडेलले बताएका छन् । तस्विर : भञ्ज्याङ










