पृथ्वीराजमार्ग विस्तारकार्य तीब्र (फोटोफिचर)

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी-१ सत्रसय खण्डमा चार लेनको सडक निर्माणका लागि डिभाइडर निर्माण गरिदै ।

वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्यले तीब्रता पाएको छ ।

चार लेनको सडक सीमा दुइतर्फी २५/२५ मिटर हुनेछ ।

बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।

दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने बताइएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker