वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

भञ्ज्याङन्यूज

तनहुँको म्याग्दे गाउँपालिका-१ र व्यास नगरपालिका-५ का ४ वटा सामुदायिक वन उपभोक्ता समुहलाई वन डढेला सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

यूएनडिपी/जिइएफ/यसजिपीको आर्थिक सहयोग, सव डिभिजन कायार्यल गुणादीको प्राविधिक सहयोग र उर्जा तथा वातावरण नेपालको आयोजनामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले मानव, वन्यजन्तु तथा वातावरण संरक्षणमा समुदायिक वनको भूमिकाको चर्चा गर्दै वन डढेलो रोकथाम तथा नियन्त्रणको प्रमुख दायित्व वन उपभोक्ताहरुको रहेको बताएका थिए ।

वन उपभोक्ता समुहका अध्यक्ष खिम बहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्ण चन्द्र सुवेदीले कार्यक्रमका विषयमा सहजिकरण गरेका थिए ।

यस्तै, सव डिभिजन वन कार्यालय गुणादीका वन अधिकृत नर बहादुर क्षेत्रीले वन डढेलो रोकथाम तथा नियन्त्रणका विषयमा सहभागिहरुलाई प्रशिक्षण दिइएको थियो ।

चार वटा सामुदायिक वनका ५० जनाको सहभागिता रहेको कार्यक्रममा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने सामाग्रिहरु हस्तान्तरण गरी ती सामाग्रिको प्रयोगका विषयमा प्रयोगात्मक रुपमा प्रशिक्षण दिइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker