दमौलीमा पाटन साँस्कृतिक महोत्सव गरिने

भञ्ज्याङ समाचारदाता/दमौली

पाटन युवा क्लवले पाटन साँस्कृतिक महोत्सव गर्ने भएको छ । ‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौ’ भन्ने मुल नारा सहित प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव गर्न लागेको हो । क्लवले यही मंसिर २४ गतेदेखि पुस ३ गतेसम्म व्यास-५ को पाटन खेल मैदानमा सञ्चालन गरिने क्लवका अध्यक्ष अम्बर थापाले जानकारी गराएका छन् । कार्यक्रमका विषयमा जानकारी गराउने उद्देश्यले क्लवले शुक्रबार पत्रकार सम्मेलन गरी धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको ठाउँलाई चिनाउनका लागि महोत्सव सफल हुने विश्वास गरिएको छ ।

क्लवका अध्यक्ष थापाले भने ‘आदिवासी जनजाती लगायतका समुदायको भाषा, संस्कृति संरक्षण एवं प्रवर्द्धनका सथै स्थानीय उत्पादानको बजारीकरण, पर्यटकीय क्षेत्रको प्रवर्द्धनका साथै संस्कृति संरक्षणमा महोत्सव उपलब्धी मुलक बन्ने विश्वास गरिएको छ ।’

महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि सम्बन्धित २० स्टलहरु रहने महोत्सवका संयोजक पवन चुमी मगरले बताए । स्थानीय कला, सांस्कृतिक, धार्मिक, रीतिरिवाज चालचलन, पुरातात्विक वस्तुको संरक्षणको लागि पनि यो महोत्सवले ठुलो टेवा पुर्‍याउने संयोजक चुमीले बताए । महोत्सवमा व्यापारिक प्रयोजनका लागि करिब १५० स्टल रहनेछन् भने महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि सम्बन्धित २० स्टलहरु रहने बताइएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको साँस्कृतिक प्रस्तुतिका साथै बोटेजातिको रहन सहन संस्कृति झल्कने कार्यक्रमहरु प्रस्तुत गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker