संघीय सरकारबाट तनहुँलाई रु ४ अरब ८९ करोड ३२ लाख बजेट, कुन पालिकाको कति ?

व्यास, शुक्लागण्डकी नगरपालिका, घिरिङ र म्याग्दे गाउँपालिकाको बजेट केही बढ्यो भने अन्य पालिकाको बजेट घट्यो

तनहुँ जिल्लाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी ४ अरब ८९ करोड ३२ लाख रुपैयाँ बजेट पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षका लागि ४० करोड ५७ लाख बजेट बढेर आउने भएको छ ।

अर्थ मन्त्रालयको विवरण अनुसार तनहुँ जिल्लाका लागि चालु तर्फ ३ अरब ८३ करोड ८ लाख र पुँजीगत प्रकृति तर्फ १ अरब ६ करोड २४ लाख रुपैयाँ रहेको छ । यस्तै, अर्थ मन्त्रालयले चाले आवका लागि चालु तर्फ ३ अरब ८२ करोड ४७ लाख रुपैयाँ र पुँजीगत प्रकृति तर्फ ६६ करोड २८ लाख रुपैयाँ गरी ४ अरब ४८ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सार्वजनिक विवरण अनुसार आगामि आर्थिक वर्षका लागि जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका मध्ये चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षा लागि व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाको बजेट केही बढेर आएको छ भने अन्य पालिकाको भने बजेट घटेको छ ।

यस्तै, तनहुँका सात स्थानीय तहले पाउँदै आएको विशेष अनुदान आगामी आर्थिक वर्ष २०८१/०८२ मा केही पालिकाले नपाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका सात स्थानीय तहले आगामी वर्ष विशेष अनुदान रकम नपाउने देखाइएको छ ।

भिमाद नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकाले विशेष अनुदान नपाउने भएका छन । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले मात्रै विशेष अनुदान पाउने भएका छन् ।

संघीय सरकारबाट आर्थिक वर्ष २०८१/२०८२ का लागि तनहुँका पालिकाले प्राप्त गर्ने बजेट ।

विशेष अनुदानतर्फ भानु नगरपालिकाले तीन करोड, शुक्लागण्डकी नगरपालिकाले ६० लाख र म्याग्दे गाउँपालिकाले एक करोड ३५ लाख रुपैयाँ पाउने भएका छन् ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि समानीकरणतर्फ एक अर्ब दश करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ । सशर्ततर्फ तीन अर्ब ६३ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विशेषतर्फ चार करोड ९५ लाख रुपैयाँ र समपुरकतर्फ दश करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

भानु नगरपालिकाले समानीकरणतर्फ १३ करोड ६१ लाख, सशर्ततर्फ ४० करोड ९८ लाख, विशेषतर्फ तीन करोड गरी ५७ करोड ५९ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । भानुलाई चालु आवको तुलनामा आगामि आवका लागि १ करोड ७४ लाख बजेट घटेर आएको छ ।

भिमाद नगरपालिकाले समानीकरणतर्फ दश करोड ९७ लाख, सशर्ततर्फ २९ करोड ८१ लाख र समपुरकतर्फ ५० लाख गरी ४१ करोड २८ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । चालु आवको तुलनामा आगामि आवका लागि भिमादलाई ६४ लाख रुपैयाँ बजेट घटेर आउने भएको छ ।

यस्तै, व्यास नगरपालिकाले समानीकरणतर्फ १८ करोड नौ लाख, सशर्ततर्फ एक अर्ब १५ करोड ६० लाख, समपुरकतर्फ ६० लाख गरी एक अर्ब ३४ करोड २९ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ। व्यासले चालु आवको तुलनामा आगामि आवका लागि ३७ करोड ४ लाख रुपैयाँ बजेट बढेर आउने भएको छ ।

शुक्लागण्डकी नगरपालिकाले समानीकरणतर्फ १४ करोड ४६ लाख, सशर्ततर्फ ६२ करोड २५ लाख, विशेषतर्फ ६० लाख, समपुरकतर्फ एक करोड दश लाख गरी ७८ करोड ४१ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । शुक्लागण्डकीलाई चालु आवको तुलनामा आगामि आवका लागि १० करोड ९४ लाख रुपैयाँ बजेट बढेर आउने भएको छ ।

आँबुखैरेनी गाउँपालिकाले समानीकरणतर्फ नौ करोड ४१ लाख, सशर्ततर्फ १६ करोड ३५ लाख र समपुरकतर्फ ६० लाख गरी २६ करोड ३६ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । चालु आवको तुलनामा आगामि आवका लागि आँवुखैरेनीलाई १ करोड ३१ लाख रुपैयाँ बजेट घटेर आउने भएको छ ।

संघीय सरकारबाट आर्थिक वर्ष २०८०/२०८१ का लागि तनहुँका पालिकालाई विनियोजित भएको बजेट ।

ऋषिङ गाउँपालिकाले समानीकरणतर्फ नौ करोड ६१ लाख, सशर्ततर्फ २२ करोड ६१ लाख र समपुरकतर्फ एक करोड गरी ३३ करोड २२ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । चालु आवको तुलनामा आगामि आवका लागि ऋषिङलाई २ करोड ४० लाख रुपैयाँ बजेट घटेर आउने भएको छ ।

यस्तै, घिरिङ गाउँपालिकाले समानीकरणतर्फ आठ करोड ४१ लाख, सशर्ततर्फ १७ करोड पाँच लाख र समपुरकतर्फ तीन करोड गरी २८ करोड ४६ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । आगामि आवका लागि घिरिङले चालु आवको तुलनामा ९८ लाख रुपैयाँ बजेट बढि पाउने भएको छ ।

देवघाट गाउँपालिकाले समानीकरणतर्फ सात करोड ८३ लाख, सशर्ततर्फ २१ करोड ७० लाख र समपुरकतर्फ एक करोड गरी ३० करोड ५३ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । चालु आवको तुलनामा देवघाटलाई आगामि आवका लागि ८७ लाख रुपैयाँ बजेट घटेर आउने भएको छ ।

म्याग्दे गाउँपालिकाले समानीकरणतर्फनौ करोड ४८ लाख, सशर्ततर्फ १६ करोड ४६ लाख, विशेषतर्फ एक करोड ३५ लाख र समपुरकतर्फ एक करोड २० लाख गरी २८ करोड ४९ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । म्याग्देलाई चालु आवको तुलनामा आगामि आवका लागि ३२ लाख रुपैयाँ बजेट बढि पाउने भएको छ ।

बन्दीपुर गाउँपालिकाले समानीकरणतर्फ आठ करोड ७० लाख, सशर्ततर्फ २० करोड ९९ लाख र समपुरकतर्फ एक करोड ३० करोड ६९ लाख रुपैयाँ बजेट प्राप्त गर्नेछ । बन्दीपुरलाई चालु आवको तुलनामा आगामि आवका लागि १ करोड ७५ लाख रुपैयाँ बजेट घटेर आउने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker