दुलेगौडा र खैरेनीटार इकाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ बन्यो

भञ्ज्याङ न्यूज

तनहुँ उद्योग वाणिज्य संघले दुलेगौंडा र खैरेनीटार इकाई तथा यस अन्तर्गत रहेका सदस्यहरु शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघलाई विधिवत रुपमा हस्तान्तरण गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठको उपस्थितिमा ती दुइ इकाईलाई गाभेर नगर उद्योग वाणिज्य संघ कायम गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य मंगल प्रसाद श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त ज्वारचन, दुलेगौंडा इकाई सभापति राजकुमार वाग्ले र खैरेनीटार बजार इकाई सभापति पुर्ण कायस्थले आ-आफ्ना विचार व्यक्त गरेका थियो ।

त्यस्तै सोही अवसरमा दुलेगौंडा बजार इकाई र खैरेनीटार बजार इकाई समितिलाई हालसम्म उत्कृष्ट गतिविधि र कार्यक्रम गरेकोमा प्रशंसा पत्र सहित सम्मान गरिएको थियोे ।

दुलेगौंडा बजार र खैरेनीटार बजार इकाई समितिका आधिकारिक कागजातहरु र सदस्यता विवरण तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ मार्फत शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त ज्वारचनलाई हस्तान्तरण गरिएको थियो ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य तथा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर खड्का, संघका निवर्तमान अध्यक्ष कृष्णराज पण्डित, संघका महासचिव इमकुमार मल्ल, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker